Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

एनआरएन जापानको नयाँ  कार्यकाल (२०१५-२०१७) को लागि विभिन्न पदमा खट्टुी उचालेर उम्मेदवारी घोषणा गर्ने उम्मेदवारज्यूहरूमा हार्दिक नमस्कार ।
साथै उम्मेदवारी दर्ता प्रक्रिया नै शुरू भैनसकेको अनि चुनावी मैदानमा को-को पुग्ने, नपुग्ने अनि पुग्न पाउने र नपाउने कुनै निक्र्यौल भैनसकेको अवस्था भए तापनि सबैलाई विजयको अग्रिम बधाई ।
यहाँहरुले सामाजिक सञ्जाल, विभिन्न पत्रपत्रिका तथा अनलाईन प्रकाशनहरुमा आ-आफ्नो घोषणा पत्र सार्वजनिक गरिसक्नुभएको छ । सबैको उस्तैउस्तै लाग्ने तर अरुका भन्दा मेरो विशेष खालको योजना छ भन्ने सन्देशमूलक घोषणा पत्र हेरेर मेरो दिल हर्षेले गदगद (खुशी) भईरहेको अवस्था छ र खुशी यस मानेमा पनि छु कि अब म जस्ता जापानका साधारण नेपालीहरुले एक से एक समाजसेवी, प्रतिभाशाली, तन, मन, धन, वचन र कर्मले समाजसेवा गर्न आतुर नेतृत्व पाउनेछन् । अघिल्लो वर्षमा भन्दा यस वर्ष धेरै भन्दा धेरै समाजसेवा गर्न इच्छुकहरुले आफ्नो अनुहार जापानमा भएका नेपाली समाजमा देखाइसक्नुभएको छ । उम्मेदवारी दर्ताको अन्तिम मितिसम्म अझै थप समाजसेवा गर्न आतुर मनहरु देखा पर्दै जानुहुनेछ भन्ने अाशा लिएको छु ।

उम्मेदवारी घोषणा गर्ने तपाईहरु धेरै राम्रा र प्रतिभावान हुनुहुन्छ, अरु पनि आउनुहुनेछ अनि त्यही प्रतिभावानहरु मध्येबाट हामीहरुले सबैभन्दा राम्रो छान्न पाउनेछौं । यस अर्थमा हामीले हामी आफैलाई भाग्यमानी ठानेका पनि छौं ।
छान्न त छानौंला तर तपाईहरुलाई भन्दा हामी नेतृत्व चयन गर्नेहरु (मतदान गर्ने) लाई धेरै धामा हुने देखिएको छ । किन भने तपाईहरुले भोलि विजय भएर नेतृत्वमा पुगेपछि अहिले घोषणा गर्नु भएको कुरा गर्नु हुन्छ कि हुँदैन भनेर हामी साधारणले सजिलै थाहा पाउनु गाह्रो कुरा हो । अर्को कुरा घोषणा गर्ने बेलामा तपाईहरुले विभिन्न कुराहरुले म राम्रो छु, मलाई समाजसेवा गर्ने मौका दिनुपर्छ भनेर भन्नुभएको छ । उदाहरणहरू यस्ता छन् जस्तैः म जापान आएको ५-७ वर्षभन्दा बढी भयो त्यसैले नेतृत्व लिन पाउनुपर्छ । त फेरि कसैले मेरो जापानमा ४ वटा रेष्टुरेन्ट छन् त्यसैले मैले यो पदमा बसेर काम गर्न पाउनुपर्छ । कसैले म नेपालमा धेरै वर्ष राजनैतिक पार्टीमा लागेर काम गरिसकेको मान्छे हुँ मैले काम गर्न सक्छु भन्नुहुन्छ । कतिपयले मलाई जापानका धेरै नेपालीले चिन्छन्, ३, ४ वटा संस्थामा आवद्ध छु त्यसैले मलाई मत दिनुपर्छ भन्नुहुन्छ । त्यसो त कतिपयले म अंग्रेजी, जापानी, हिन्दी, नेपाली भाषामा दख्खल छु त्यसैले मैले नेतृत्व गर्न सक्छु र पाउनुपर्छ भन्नुभएको छ । कतिपयले मेरो ५ वर्षको भिसा छ त्यही भएकोले मलाई दिनुपर्छ भन्नुहुन्छ त कतिपयले अरुभन्दा म बलियो छु त्यसैले मलाई दिनुपर्छ भन्नुहुन्छ । अब तपाईहरु नै भन्नुहोस् हामीलाई छनौट गर्न कति गाह्रो छ ? टुडीखेलका खसी छान्न पनि गाह्रै हुन्छ ती खसीहरू पनि कुनै ठूला त कुनै साना अनि कुनै मोटा त कुनै दुब्ला हुन्छन् । जापानमा नेतृत्वमा बसेर काम गर्छु भनेर भन्ने उम्मेदवारी दिनेहरु मध्येबाट नेतृत्व छान्न अझ त्यो भन्दा बढी गाह्रो हुने देखिएको छ। नसक्ने कोही पनि हुनुहुन्न तर गर्नु हुन्छ कि हुन्न भन्ने मुख्य कुरा हो -यो मेरो मात्र ठम्याइ होइन म जस्ता १ हजार तिरेर साधारण मतदाता बनेका हजाराैं जापानबासी नेपालीहरूको ठम्याइ हो । हिजोकाले पनि म यस्तो गर्छु र उस्तो गर्छु भन्नु भएकै थियो ल तपाइँहरू नै भन्नुस् गर्नुभयो के चाहि ? एक वर्षमा एक पटक अायोजना गरिने नेपालीहरूको साझा पर्व नेपाल फेस्टिवलले समेत यस पटक निरन्तरता नपाउने अवस्था देखिएको छ । जापानमा विद्यार्थीका समस्या त्यतिकै छन्, कुकहरूको समस्या पनि त्यतिकै छन् । एकले अर्कालाइ ठगेको र ठगिएको कुराहरू पनि ज्यूँका त्यूँ छन् । ल तपाइँहरू अाफै भन्नुहोस् पोहोर साल जिताएर नेतृत्वमा पुग्नुभएकाहरूले के लछारपाटो लगाउनुभो ? भलै अाफैले मत दिएर जिताएको नेतृत्वहरूले खादा लगाएर पदभार ग्रहण गरेको हेर्न समेत पाएनन् साधरणले । चर्को शुल्कको बार लगाएर तारे होटलमा पदभार ग्रहण गराइयो जुन साधारण मजदुरी गरेर खाने मान्छेको लागि अाफ्नो पहुँच भन्दा बाहिर पर्यो ।

वास्तवमा हामीलाई समय भएको मान्छे पनि चाहिएको छ, पैसा भएको मान्छे पनि चाहिएको छ, पढेलेखेको, जानेबुझेको पनि चाहिएको छ अनि बलियो र सीप भएको पनि चाहिएको छ । तर त्यो भन्दा बढी कामकाजी नेतृत्व चाहिएको छ । कतिपयले काम पनि गर्नुभएको छ । रातदिन खटिनुभएको छ, भोटको लागि होइन जनताको सेवामा समय खर्चिरहनुभएको छ । उहाँहरूलाइ म जस्ता मतदाताले सलाम गर्नुपर्छ । मतदाताहरूले उहाँहरूको भाग मत पहिल्यै छुट्याइ सकेका छन् । तर चुनाव अाउँदा निस्कने अनि अरू वेला हराउने तपाइहरू कान खोलेर सुन्नुहोस् तपाइहरूले केही माखो मार्नुहुन्न । अहिले गुलियो कुरा गरेर भुलाउने नेतृत्व होइन, जापानमा बस्ने एउटा साधारण मजदूर, विद्यार्थी, अनि पीडितहरुको समस्या डुलाउने नेतृत्व चाहिएको छ ।

तपाई उम्मेदवारहरु धेरैले म्यासेज पठाउनुहुन्छ, सहयोग गर्नुपर्यो, यताउति साथीहरूलाइ भनसुन गरिदिनुपर्यो भनेर तर यसमा तपाईहरु समय खर्च नगर्नुहोला । फेसबुकमा गरिएको उम्मेदवारी घोषणामा पाउनु भएको लाइक हेरेर मख्ख नपर्नुहोस् । ती मध्ये कतिले त मत राख्न पाउँछन् पाउँदैनन् र पाए पनि तपाइलाइ नै दिन्छन् या दिंदैनन् । तपाइले समाजको लागि, जापानमा रहेका नेपालीको लागि के कति गरे र के गर्नेछन् भन्ने सबै हेरिरहेका छन् । तपाईले मतदाताहरु पछ्याउनुपर्ने होइन मतदाताले नै तपाईलाई पच्छ्याउने छन् । तन, वचन र कर्मले अगाडि बढ्नुहोस् तपाइले साथ अवश्य पाउनुहुनेछ ।***

तपाईको प्रतिक्रिया