Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

मुम्बई- अभिनेत्रीहरू अभिनयभन्दा पनि विभिन्न किसिमका हर्कतले चर्चामा आउन मन पराउँछन्। कहिले पर्दाबाहिरकै गतिविधिले उनीहरूलाई चर्चामा ल्याउँछ त कहिले पर्दाभित्रका दृश्यले चर्चित बनाउँछ। बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले चर्चामा छिन्। उनलाई पर्दाबाहिरको गतिविधि नभएर पर्दाकै प्रसंगले चर्चामा ल्याएको हो। उनी एउटै चलचित्रमा एक सय ४० पटक फरक पहिरनमा देखा पर्दैछिन्। अढाई घन्टाको चलचित्रमा उनले लुगा फेरेको दृश्य समेट्ने हो भने अन्य संवाद र दृश्यका लागि ठाउँ पक्कै नपुग्ला? यो चलचित्रमा उनको फरक पहिरनबाहेक अरू के छ भन्ने थाहा पाउन त प्रदर्शन हुन्जेल पर्खिनैपर्छ। आगामी नोभेम्बरमा प्रदर्शन हुने चलचित्र ‘बम्बे भेलभेट’ मा उनी एक सय ४० फरक पहिरनमा देखा पर्न लागेकी हुन्।

चलचित्र ‘द डर्टी पिक्चर’बाट कस्ट्युम डिजाइनरमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल निहारिका खानले अनुष्कालाई चलचित्रमा लुगा फेराउँदैछिन्।

 

तपाईको प्रतिक्रिया