Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

सउल – नेपाल तथा कोरिया बिचमा कला, साहित्य तथा संस्कृतिको आदानप्रदान गर्ने उद्देश्य लिएर स्थापना भएको नेपाल–कोरिया सांस्कृतिक केन्द्रले कोरिया संस्मरणमा आधारित ‘कर्मघरमा एक चक्कर’ नामक पुस्तक प्रकाशन गरेको छ । मन्जु गुरुङद्धारा लिखित उक्त पुस्तक लेखिका गुरुङको कोरिया संस्मरणमा आधारित छ ।

यस केन्द्रले यसअघि पनि दुई देशका कलाकार तथा साहित्यकारहरूको सांस्कृतिक भ्रमणको व्यवस्था मिलाउनुका साथै संस्कृति आदानप्रदान गर्ने, भाषा तथा सीप प्रशिक्षणलगायतका काम गर्दै आएको थियो । पुस्तक प्रकाशनतर्फ भने संस्थाको यो पहिलो जमर्को हो ।

नेपाल र कोरियाबीचको सम्बन्ध अचेल फरक बन्दै गइरहेको छ । नेपाली र कोरियालीहरू विभिन्न पक्षमार्फत दिनानुदिन नजिकिँदै गइरहेका छन् । नेपालमा धार्मिक तथा पहाडी पदयात्राका लागि आउने कोरियाली पर्यटक वा विकासवादी कर्मचारी, अनि कोरियामा रोजगारी वा अध्ययनका लागि जाने कामदार वा विद्यार्थीहरू दुई देशका सद्भावना राजदूतजस्तै भई मानव मितेरी पुल बनिरहेका छन् । त्यसका साथै अन्तर्देशीय विवाह गर्ने नेपाली– कोरियाली जोडी पनि बढ्दै छन् । लेखिका तिनै मध्येकी एक हुन् । र उनको हेराइ र भोगाइमा आधारित उक्त पुस्तकबाट पाठकहरूले कोरियाली समाजको केही झल्को पाउन सक्छन् ।

पु्स्तक प्रकाशनको बारेमा प्रतिक्रियामा कल्चर केन्द्रका उपाध्यक्ष मोहन कार्कीले भन्नुभयो – ‘यसलाई आगामी दिनमा गरिने प्रकाशनहरूको पहिलो पाइलाका रूपमा हामीले लिएका छौँ । नेपाल र कोरियाको बीचमा सतही र नकारात्मक प्रचार भन्दा पनि एक आपसको सांस्कृतिक सुगन्धलाई दुबै देशका नागरिकबीच फ़ैलाउने उद्देश्य अनुरुप पुस्तक प्रकाशित भएको हो ।’ **

तपाईको प्रतिक्रिया