आन्त्रोपेन – गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा गत आइतबार नेपाली नया बर्ष २०७१ अवसरमा बेल्जियमको आन्त्रोपेन सहरमा शुभकामना आदानप्रदानका एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ बेल्जियका अध्यक्ष प्रेम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा आफ्नो आसनबाट शुभकामनाको मन्तब्य दिदै बेल्जियमका नेपालीहरुका साझा समस्याहरुको लागि एनआरएनले सदैव पहल गरिरहेको र भाबी दिनहरुमा अझ बढी प्रभावकारी बनाउनको लागि सबैको सल्लाह सुझाब तथा सहयोग समेत अपरिहार्य रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले विदेशमा रहे पनि नेपालका राष्ट्रिय पर्वहरु गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा सबैलाई एउटै आगनमा मिलेर मनाउन समेत आग्रह गर्दै नयां बर्षको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली अन्तरराष्ट्रिय समन्वय परिषद्का केन्द्रिय सल्लाहकार युवराज गुरुङ तथा महिला संयोजक रजनी प्रधानले आ-आफ्नो क्षेत्रबाट मिलेर अगाडि बढेमा सबैको भविष्य सुन्दर हुने तथा गैर आवासीय नेपालीहरुले पनि समृद्ध नेपालको निर्माणमा ईटा थप्ने काममा नयां वर्षको उल्लास संगै आगाडि बढ्न सबैलाई शुभकामना दिएका थिए ।
एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठले नयां वर्षले सबैलाइ प्रगतिमा थप नयां उर्जा प्रदान गरोस भन्ने कामना गरेका थिए साथै नेपालबाट आएका हास्यकलाकारद्वय शिवशंकर रिजाल (जोगिन्दर), सुरेन्द्र केसी (मूलाको साग) लाई स्वागत गरिएको थियो ।
कार्यक्रममा आईसीसी सदस्य शिवकुमार बरुवाल, नेपाली जनसम्पर्क समितिका सुभास जोशी, नेपाली जनप्रगतिशील मोर्चाका प्रेम पाठक, प्रवासी नेपाली संघका अर्जुन गुरुङ, बीपी प्रतिष्ठानका ध्रुवराज पौडेल, नेपाली व्यवसायी संघ बेल्जियमका हरि थपलिया, यूरो नेपाल खेलाडि संघका किसन केसी, क्षेत्री समाज बेल्जियमका मोहन खत्री, तामाङ समाजका भारत तामाङ, पर्वत समाजका केदार जोशी, लगायत एनआरएन बेल्जियमका सल्लाहकारहरुले समेत नया बर्षको शुभकामना व्यक्त गरेका थिए कार्यक्रम समापन संग संगै अन्य उपस्थित महानुभावहरुले समेत एक आपसमा शुभकामना आदानप्रदान गर्दै चियापानमा सरिक बनेका थिए भने उक्त कार्यक्रमको संचालन महासचिव माधव सापकोटाले गरेका थिए । ***









