जीबन समय हो, जुन अबिछिन्नरुपले अघि बढीरहन्छ जस्तोसुकै उतारचढाब आए पनि। साधारण मान्छेहरु हिडदा हिड्दै सानातिना खाल्टामा फसेपछि त्यो बाटो मोडेर अर्कै बाटातिर लाग्दछन तर महान मान्छेहरु आफ्नो गन्तब्य निर्धारण गरेपछि खाल्टाखुल्टिको प्रबाह नगरि लडे पनि फेरी उठ्दै अघि बढदछन अनि समाजमा प्रतिष्ठित ब्यक्तिको पगरी ओढ्दछन । र उनलाई अझ थप हौसला मिल्ने गर्दछ अघि बढीरहनका लागि। र यिनै महानब्यक्ती मध्य एक हुन मैले देखेको दिलशोभा। अनि अहिलेको आरोप उनी हिंडेका बाटाका कैयौ खाल्टाहरु मध्य एक हुन जसलाई उनिले सजिलै छिचोलेर अघि बढ्नेछन भन्ने मलाई पूर्ण भरोसा छ। यो मिथ्या अपबाहले उनलाई अझ दरिलो, आटिलो र भरसिलो बनाउन सहयोग पुरयाओस भनि म भगवानसँग प्रार्थाना गर्दछु। मैले किन यो आरोपलाई मिथ्या आरोप भन्दैछु त जुन म प्रस्ट पार्न गैरहेको छु।
मैले जब यो उनि प्रतिको आरोप पत्रिकामा पढे म पनि आश्चर्यमा परे त्यसपछि धेरै लेखहरु अनि समाचारहरु पनि आए ति सबै मैले पढे अनि चिन्तन मनन गरे। मैले सुने उनी बोलेको, बच्चाहरु बोलेको, बुढीआमाहरु बोलेको रेकर्डिङ पनि जसको आधारमा म यो झुटो आरोप हो भन्न पुगे किन कि दिलशोभाको मात्र एकोहोरो बोलीलाइ सुनेर, रातभरी संगै सुत्ने भन्दैमा, माया गरेर बस्छ भन्दैमा, १५०० रुपैया दिनु भन्दैमा सिधै यौनिक क्रियाकलाप कै बारेमा कुराकानी हो भनेर ठोकुवा गर्नु एक मुर्खता हो, संकुचितता हो। यसले त के देखाउछ भने कतिसम्म नकरात्मक सोच र प्रबृत्ति भएका मान्छेहरु पनि यो समाजमा रहेछन जसले राम्रो सोच्नै सक्दैन माया भन्ने बित्तिकै यौन मात्र सोच्दछन।
के माया मानबियताका आधारमा हुँदैन र ? माया के लोग्ने- स्वास्नी, गर्लफ्रेन्ड ब्वाइफ्रेण्ड बिच मात्र हुन्छ र ? के मायाको पारिभाषा नबुझेकै हुन ति पत्रकार मित्रहरुले ? अब कुरा आयो बच्चाहरुको बयान। उनिहरुले भन्छन बोराका बोरा पैसा माले माइतीमा पठाउनुहुन्थ्यो पहिले अहिले अन्तै लानुहुन्छ माइतीमा बाझो भएकोले। यहाँ अचम्मको कुरा के छ भने एक बोरा पैसा कसरी बोक्न सक्यो ति बालकहरुले ? ता की म स्वयम आफुले एक बोरा पैसा बोक्न सक्दिन। अनि अर्को तिर यदि बोराको बोरा पैसा हुने भए किन दिलसोभाले पैसा बोरामा खादेर बोकाउथ्यो होला ति बालकहरुलाई ? के उनलाई डर हुन्न र लुटपाट हुन सक्छ भन्ने ? अनि अर्कोतिर उनको नियत नै खराब हुने भए किन सबैले देख्ने गरी पैसाको कारोबार गर्थिन ? अनि बोराको बोरा पैसा हुने गरी कसरी कहाबाट पैसा आयो त उनको घरमा ? के पशुपतिमा दर्शन गरे जस्तै उनको घरमा मान्छेहरुको भिड लाग्छ र चन्दादाताहरुको बोराको बोरा पैसा हुनलाई ? अब आयो बालकहरुको बुढी आमाहरुको कुरा काम गर्नुपर्ने, भाडा माझ्नुपर्ने आमाघरमा। हो ति बुढी आमाहरुलाई, नानीहरुलाई लाग्दो हो दिलशोभाले धेरै धनि भएर समाज सेवा सुरु गरेको अनि धेरै पैसा आउछ चन्दाबाट वास्तबमा उनिहरुको पनि गल्ती छदैछैन यसमा किनकी उनिहरुलाई ज्ञानको अभाब छ तर किन बुझेन ति विद्वान हुँ भन्नेहरुले त्यतिधेरै ठुलो परिवारलाई ब्यवस्थापन गर्न गाह्रो छ। अब ति बालकहरुले बुढीआमाहरुले दिलशोभालाई सघाएन भने के ति त्यतिधेरै बालबालिका अनि आमाहरुको स्याहारसम्भार गर्न भ्याउछिन त बिचरा ति एक्ली दिलशोभाले ? म प्रश्न गर्न चाहन्छु ति पत्रकार बिद्वान अनि प्रशासनिक बन्धुहरुलाई तपाईंहरु कसकसले आफ्ना बाबा आमालाई बाल बच्चालाई केही कामै गर्न नदिई राख्नुभएको छ ? अहं मैले त त्यस्तो गरेको छैन म मध्यमबर्गिय नेपाली हुँ मेरी आमाले आँफै भात पकाउनुहुन्छ आँफै जुठोभाडा गर्नुहुन्छ ? दिलमायाले पहिलेदेखि भन्दैछिन त्यो आमाघर आश्रम हैन आश्रय स्थल हो त्यहां बस्ने सबैको घर हो। अनि आफ्नो घरमा काम गरेको कुरालाई कुब्याखा गरिदिने कस्ता पत्रकार।
जुन दिन दिलशोभाले उनको घरमा दयामायाले आश्रय दिन थालिन त्यो संस्था बनाउनको लागि हैन पैसा कमाउनको लागि थिएन नामको लागि पनि थिएन यिनै पत्रकारहरु हुन उनको आमा घरलाई प्रचारप्रसार गरिदिने, दिलशोभालाई नाम दिने पनि यिनै पत्रकार हुन। त्यो गर्न भन्दा अघि किन त्यो आमाघर दर्ता भएको-नभएको यि पत्रकारहरुले खोजेनन ? अनि हचुवाको भरमा मात्र समाचार सम्प्रेसण गर्यो ? अब ति दिलशोभालाई आमाघरलाई बुझ्दै नबुझी प्रचार प्रसार गर्ने पहिलेदेखि अहिलेसम्मका सबै पत्रकारको खोजिनीति गरी उनिहरुको मनपरितन्त्रको भण्डाफोर गर्नु अनि उनिहरुलाई उनिहरुको कसुर बमोजिम सजाय दिनु आजको आवश्यकता हो। अनि यसो भनिरहदा धेरैले भनेका छन यो प्रमाणित भएमा दिलशोभालाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ हो म पनि यसमा सहमत छु। तर कोही भन्दैनन पत्रकारलाई चाँही के गर्ने यो झुटो साबित भएमा। तर म भन्छु यो झुटो साबित भएमा मानहानीको कानुनी महल अनुसार ति पत्रकार जसले लेखे यो समाचार अनि सम्पादक जसले आफ्नो पत्रिकामा सोधपुछ नै नगरि यो समाचारलाई स्थान दिए उनिहरुलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ अनि दिलशोभा जसको सामाजिक, ब्यक्तिगत मनोबिज्ञानमा जुन आज नराम्रो छाप परेको छ अनि यो प्रपञ्चको बिचमा उनको आमाघरमा जुन आउनुपर्ने सहयोग आएन ति सबैको लेखाजोखा गरी उनिलाई यो झुटो समाचार छाप्ने पत्रिकाले क्षतिपुर्ती दिनुपर्छ। अनि यो पत्रिकालाई नेपाल सरकारले अनि पत्रकार महासंघले बन्द गर्नसक्नुपर्छ अन्यथा भोली अर्को दिलशोभा हामीले पाउन गाह्रो हुन्छ तसर्थ आज दिलशोभाले न्याय पाएमा भोलि अरु दिलशोभाहरु जन्मेर हाम्रो देश सडक बालबालिका अनि बयोबृद्धाहरु मुक्त हुन सक्ने आंकलन गर्न सकिन्छ।
हाम्रा बालअधिकारकर्मी, मानबअधिकारबादी, नागरिक समाज, पुलिस अनि प्रशासक देखेर पनि म त छक्क पर्छु, या त मैले कुरा नबुझेको हुँ। दिलशोभालाई त यौन दुराचारको अभियोग लगाइएको हो ति पत्रिका-पत्रकारले, त्यहांबाट त प्राथमिकताकासाथ महिलाहरुलाई पो हटाइनुपर्थ्यो त किन बालकहरुलाई मात्र लगियो उद्वारको नाममा ? कि प्रशासनले अझ बालबालिकाहरु सबै लगेर दिलशोभालाई सजिलो बनाइदिएको हो यौन दुराचार गर्नलाई ? मलाई सोध्न मनलाग्यो ति अधिकारिक ब्यक्तिहरुलाई यौन दुर्व्यबहार कि फोहोरमैला आउंछ प्राथमिकतामा ? प्रशासनलाई किन थाहा भएन आजसम्म दिलशोभाको आमाघर दर्ता छ की छैन भनेर त्यत्रो पत्रपत्रिकामा छ्याप्छ्याप्ती दिलशोभा र आमाघरको बारेमा बारम्बार आउँदा पनि। के हाम्रो प्रसासन साच्चिकै बेकम्मा भएकै हो त ? मलाई लाग्छ अब प्रशासनिक निकायलाई पनि कार्वाही गरिनुपर्छ आफ्नो कर्तब्य ननिभाएकोमा। दिलसोभाले त शुध्द मनले सेवा गरेको हो अनि उनिलाई शायद प्रशासन भन्ने नै थाहा छैन होला कहांबाट उनले दर्ता गर्छिन त अनि ? तर यदी कोही कसैलाई अलिकति पनि समाजसेवाको अनि मानबताको अंश रहेको भए दर्ता भएको छैन भनेर रिपोर्ट गर्नको सट्टामा दर्ता गर्न सहयोग गर्नुपर्ने हैन र ? कि कसो ? मलाई जहाँसम्म लाग्छ जसले दर्ता गराउन सघाउनको सट्टा दर्ता छैन भनेर रिपोर्ट गरे तिनीहरु समाजका किर्नाहरु हुन उनिहरुलाई कानुनले कार्वाही नगरे पनि समाजले कार्वाही गर्नुपर्छ त्यो पनि भएन भने अवश्य भगवानले कार्वाही गर्नेछन ?
अन्त्यमा, मलाई यो लेखिरहदा अलिअलि डर पनि लागिरहेछ कतै धनको मुख कालो त भएको हैन। तर म प्रार्थाना गर्छु त्यस्तो नहोस यदी यो भयो भने आजको शंकास्पद समाजमा अझ धेरै शंका थपिने छ तसर्थ म भन्छु जयहोस, निर्दोष होऊन दिलशोभा। दिलशोभा मलाई जहांसम्म लाग्छ तिमी निर्दोष छौ र तिमी निर्दोष हुनुपर्छ हैन भने भोलि शुध्द समाजसेवा गर्नेहरुमा संधैं प्रश्न उठिरहनेछ। तिमी दोषी रहेछौ भने तिमी त जान्छौ जान्छौ खाल्टामा तर तिमींगै शुध्द समाजसेवा गर्नेहरु प्रतिको आस्था पनि कमजोर भएर ढल्न सक्ने सम्भावना रहेको छ। लड तिमी लड त्यो अभियोगबिरुद्द अनि निर्दोश साबित गरेर अघि बढ एउटा बिशाल फांट बनेर जहाँ सारा अबोध बालबालिकाले, असहाय, बृद्धाहरुले सदा न्यानो माया माया माया पाइरहुन। तर तिमी कहिलै नथाक हिड्न तिमीले खनिसकेको त्यो बाटोमा ता कि भोलि तिम्रो नामसँग सबैले माया माया माया मात्र देख्न सकुन अनि सबैले तिम्रो पिछा गरुन अनि हाम्रो देश माया माया मायाको देश बनोस। जय दिलशोभा !