Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

न्यूयोर्क-हिन्दू देवता शिवको महान पर्व महाशिवरात्री अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरूले पनि धुमधानसँग मनाए ।

न्यूयोर्कस्थित रिजउडमा रहेका नेपालीहरूले भगवान शिवको पूजा आरधना, भजन-कीर्तन, प्रवचन र नाचगान गरी कार्यक्रम सम्पन्न गरेको छ ।

रिजउड नेपाली सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा पन्डित उद्दव शास्त्री लगायतले प्रवचन र भजन कीर्तन प्रस्तुत गरेका थिए भने सुरज श्रेष्ठले समाजमा भैरहेको विकृतिहरूप्रति व्यंग्य गर्दै व्यंग्यत्मक भजन प्रस्तुत गरेका थिए ।

राती अवेरसम्म चलेको उक्त कार्यक्रममा आयोजनक संस्थाका अध्यक्ष मोहोन ज्ञवाली, लोयर खगेन्द्र जिसी, डा. रेखा हमाल, गायक सुरज श्रेष्ठ, नायक रमित ढुंगाना, गीतकार सुनिल संगम लगायतको उपस्थित रहेको थियो । त्यस क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तिममा ‘वुद्ध बोर्न इन नेपाल’ नामक चलचित्रको सुटिंग टोलीले चलचित्रको लागि केही दृश्यहरू कार्यक्रम स्थलमै खिचेका थिए । कार्यक्रमको संयोजन जनक भन्डारीले गरेका थिए ।***

sivaratri sr USA-shivaratri

 

तपाईको प्रतिक्रिया