Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

दुबई – सन् २०१३ मा स्थापना भएको पर्वतवासीहरुको साझा संस्था पर्वत सेवा समाज युएइले दर्इवटै मृगौला फेल भएका सन्तोष सापकोटालाई मृगौला प्रत्यारोपणका लागि नेरु १ लाख ५७ हजार ३ सय आर्थिक सहयोग गरेको छ ।

गत १३ फेब्रुवरीका दिन दुबईको हाईल्याण्ड नेपाली रेष्टुरेण्टमा एक पत्रकार सम्मेलनमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

पर्वत सेवा समाज युएइका कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा अतिथिको रुपमा स्याङ्जा सहयोग समाज युएईका अध्यक्ष राजु पाण्डे, पत्रकार अम्बिका भण्डारी, केन्द्रीय पदाधिकारीहरु, क्षेत्रीय पदाधिकारीहरु र समाजसेवीहरु रहेका थिए । “सेवा नै धर्म हो” भन्ने नाराका साथ गरिएको पत्रकार सम्मेलनलाई महासचिव पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए ।

खानी गाउं-६, पर्वत जिल्लाका निवासी १८ बर्षीय सन्तोष सापकोटाको दुईवटै मृगौला फेल भएपछि काठमाण्डौंको शिक्षण हस्पितालमा विगत १ महिनादेखि उपचार चलिरहेको क्रममा एउटा मृगौला सन्तोष सापकोटाको आमाले दिने भएपछि एउटा मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक कमजोर भएका कारण पर्वत सेवा समाज युएइलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरिएको हो ।

उक्त रकम संकलन गर्नका लागि कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा एउटा आर्थिक संकलन समिति बनाईएको थियो भने युएईइको विभिन्न ठाउंबाट संकलन गरिएको थियो ।पर्वत सेवा समाज युएईद्धारा गरिएको एउटा सानो सहयोगले सन्तोष सापकोटालाई नयां जीवनदान मिलेको छ । प्रवासमा रहेर पनि यति ठूलो सहयोग गरेको भन्दै सन्तोष सापकोटाको आमाले काठमाडौबाट बिशेष धन्यबाद समेत दिएकी छिन ।

स्मरण रहोस  मृगौला  पीडित सापकोटाका लागि जापानबाट पनि भोला सापकोटाले आर्थिक सहयोग संकलन गरी पठाएका  छन । ***

 

तपाईको प्रतिक्रिया