Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

ओस्लो – नर्वेजियन नोबेल इन्स्टिच्युटका डाइरेक्टर गेइर लुन्ड़ेस्टाडलाई बेनेलक्स तथा यूरोपियन यूनियनका लागि नेपाली राजदूत राममणि पोखरेलले सुनको जलप लगाइएको “लर्ड बुद्ध वाज बर्न इन लुम्बिनी, नेपाल” लेखिएको बुद्धको प्रतिमा उपहार स्वरुप प्रदान गर्नुभएको छ ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र अभियानका राष्ट्रिय संयोजक नर्वेका डा. कृष्ण अर्याल र सोही इन्स्टिच्युटका प्रमुख प्रशासक डाग कुहले बिच गत बिधबार भएको एक महत्वपूर्ण बैठकका क्रमम उक्त उअपहार प्रदान गरिएको हो ।

साथै उक्त बैठकमा अभियानका तर्फबाट यूरोप सल्लाहकार आचार्य तथा राष्ट्रिय संयोजक डा. अर्यालले प्रमुख प्रशासक गोटोभाकलाई नेपाल राष्ट्र बैंकले गत बडा दशैको शुभ अवसरमा प्रचलनमा ल्याएको सचित्र अशोक स्तम्भ र सगरमाथा अंकित “लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध” लेखिएको दुवै तर्फ देखिने सिसाको फ्रेममा राखिएको एकसय रुपियाको नोट पनि उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

हरेक वर्ष विश्वमा शान्ति स्थापनार्थ सर्वोकृष्ट कार्य गर्ने कुनै व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको नोबेल शान्ति पुरस्कारको लागि, व्यक्ति वा संस्थाले गरेको योगदानको विस्तृत अध्ययन तथा विश्लेषण सहित पुरस्कारका लागि सिफारिस गरी “नोबेल पीस कमिटी” मा पठाउने महत्वपूर्ण कार्य गर्दै आएको नर्वेजियन नोबेल इन्स्टिच्युटसंग अभियानको तर्फबाट भएको पत्राचारपछि उक्त बैठक तय गरिएको थियो । बैठक पछि प्रमुख प्रशासक गोटोभाकले त्यस इन्स्टिच्युटको लाइब्रेरी, प्राइज एनाउन्समेन्ट हल र नोबेल शान्ति पुरस्कार विजेताहरुको तस्बिर राखिएको ग्यालरीको अवलोकन गराउनुभएको थियो ।

विश्व शान्तिको लागि नर्वेजियन नोबेल इन्स्टिच्युटले खेलिरहेको भूमिकामा अभियानको तर्फबाट ऐक्यबध्दता जनाउने विषयमा उक्त बैठकमा सौहार्द्रपूर्ण छलफल भयो । ***

तपाईको प्रतिक्रिया