Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

बाल्टिमोर – बाल्टिमोरका नेपालीहरु विविध मनोरन्जनपूर्ण कार्यक्रम गरी भ्यालेन्टाईन नाइट मनाएका छन ।

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको बाक्लो उपस्थिति थियो। करिब ४ घण्टा सम्म चलेको उक्त मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा सर्बसाधारण दर्शकहरुको पनि अपेक्षा गरे भन्दा बढि उपस्थिति रहेको थियो ।
स्थानीय गायक गायिकाहरु, सुरज श्रेष्ठ, दिनेश भण्डारी, पवित्रा परियार तथा निशानले आ-आफ़्ना सुमधुर स्वरहरु पस्केका थिए भने गीतकार तथा गजलकार सुनिल संगमले आफ्नो रसिक गजल बाचन गरेर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए ।
भ्यालेन्टाइन डे भन्दा केहि दिन अगाडि सम्पन्न गरिएको सो अवसरमा दर्शकहरु नाच्दै झुम्दै रमाएका थिए । कला मंच बाल्टिमोरले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन दिलिप श्रेष्ठले गरेका थिए । संयोजक श्रेष्ठले उत्साहित हुंदै आउदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने कुरा बताउनुभयो । रात्रीभोजसहितको उक्त कार्यक्रममा बिभिन्न पेय पदार्थका साथै साथै नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो । ****
IMG_0683 IMG_0690 IMG_0734 IMG_0746 IMG_0804

 

तपाईको प्रतिक्रिया