युएई – गएको ७ फेब्रुअरी शुक्रबारका दिन नेपाली राजदूतावास अबुधावीका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन, श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।
भर्खरै मात्र उपनियोग प्रमुखको पदमा आउनुभएका नेत्रबहादुर टण्डनलाई गुल्मी सेवा समाज युएईद्वारा स्वागत गरिएको हो ।
पुलीकोट- १, गुल्मीमा जन्म भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका उपनियोग प्रमुख टण्डनले विगत ३० बर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत गर्दै आउनुभएको थियो भने युएई आउनुभन्दा पहिले अष्ट्रेलिया, फ़्रान्स, अमेरिका र म्यानमरको दूतावासहरुमा समेत कार्य गरी सक्नुभएको छ ।
उपनियोग प्रमुख टण्डनले आफ्नो मन्तव्यको क्रममा युएईमा आउनासाथ आफ्नो जन्मथलो गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएकोमा आभार व्यक्त गर्नु भयो । युएईस्थित कार्यरत नेपालीहरु र दूतावास सम्बन्धित कन्सुलर सेवाहरु सहज र सरल तरिकाबाट प्रदान गरिने कुरामा पनि प्रतिवद्धता जाहिर गर्नुभयो । उहांले सम्पूर्ण प्रवासी नेपालीहरुलाई एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गरी युएईको नियम कानुनलाई पालना गर्न समेत आग्रह गर्नुभएको छ ।
केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतमको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा उपनियोग प्रमुख टण्डनलाई अध्यक्ष भण्डारीले फुल तथा खादा ओढाएर स्वागत गरिएको थियो भने श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई तुलसी घिमिरेले फ़ूलको गुच्छा र खादा ओढाएर स्वागत गरिएको थियो ।
गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन सचिव टिकाराम खरेलले गर्नुभएको थियो ***









