Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
लण्डन –  गैर आवासीय नेपाली संघ बेलायतले गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आमरण अनसकारी ज्ञानराज राईलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एनआरएन बेलायतका पदाधिकारीहरुले गोर्खाहरुको हकहित र समान पेन्सनका लागि गत ११ दिनदेखि आमरण अनसनमा बसेका  ज्ञानराज राईलाई अनसनस्थल बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिंग स्टि्रट अगाडि भेट गरी आर्थिक सहयोग समेत प्रदान गरेका हुन् ।
विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट उठेको २ हजार ९६ पाउण्ड एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले अनसनस्थलमैं श्री राईलाई हस्तान्तरण गरेका थिए ।
अनसनस्थलमै एनआरएन युकेले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले गोर्खालीहरुको वीरता र बहादुरीको प्रमाण ज्ञानराज राईले आमरण अनसनबाट अझ स्पष्ट रुपमा पेश गर्नुभएको भन्दै गोर्खालीहरुको वीरताको चर्चा गरेका थिए । उनले गोर्खाहरुको यस अभियानमा एकताबद्ध भै सहयोग गर्न बेलायतस्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह गरेका थिए ।
एनआरएन युकेका उपाध्यक्ष तथा सो सहयोग कार्यक्रमका संयोजक क्याप्टेन बालकृष्ण गुरुङले गोर्खाहरुको आन्दोलनमा एनआरएन युकेको पूर्ण समर्थन रहेको बताउँदै सहयोगका लागि सबैसंग अनुरोध गरेका थिए । एनआरएन युकेकी सचिव संगीता मरहट्टाले सहयोगका लागि प्रदान गरिएको रकमका लागि सबैलाई धन्यवाद दिंदै रकम उठ्ने क्रम जारी रहेको बताईन् ।
कार्यक्रममा बोल्दै डा. राम नारायण कन्दङ्ग्वाले बेलायतका सबै संघ संस्थाहरुको प्रतिनिधित्व गर्ने एनआरएन युकेले गोर्खाहरुको आन्दोलनलाई सहयोग र समर्थन गरेकोमा धन्यवाद व्यक्त गरे । बेलायती सरकारबाट आमरण अनसनका बारेमा कुनै आधिकारिक प्रतिक्रिया नआएको बताउँदै उनले नेपाली नागरिकको रक्षा गर्ने कर्तव्य नेपाल सरकारको हातमा रहेको जिकीर गरे ।
गोर्खा सत्याग्रह २०१३ का संयोजक कृष्ण राईले आफुहरुले लडाईमा नजिकबाट मृत्यु देखिसकेको हुँदा मृत्युसंग नडराउने बताए । मानवअधिकारका बिषयहरु चर्कोरुपमा उठाइने बेलायतजस्तो देशमा यसरी मानवअधिकारको हनन हुँदा युएन जस्ता संस्थाहरु त चुप लागेर नबस्लान् नि भनि र्राईले प्रत्रि्रश्न गरेका थिए । बेलायती सरकारले औपचारिक पत्र नपठाएसम्म अनसन जारी रहने पनि राईले बताए ।
सोही कार्यक्रमकमा रश्मोरका पूर्व मेयर तथा काउन्सिलर यालेक्स क्रफोर्डले बेलायती सरकारले गोर्खाहरुका मुद्धामा चासो देखाउने संकेत देखिएको बताए ।
कार्यक्रमको सञ्चालन एनआरएन युकेका महासचिव योगकुमार फगामीले गरेका थिए । कार्यक्रममा एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्री, निवर्तमान अध्यक्ष कुल आचार्य, पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले र सूर्य गुरुङ, पूर्व युरोप उपसंयोजक लक्ष्य गुरुङ, उपाध्यक्षहरु क्याप्टेन बालकृष्ण गुरुङ, कृष्ण तिमिल्सिना, सूर्य नेम्बाङ, महासचिव योगकुमार फगामी, सचिव संगीता मरहट्टा, कोषाध्यक्ष डासु पाण्डे, सदस्यहरु गोपाल गुरुङ, जयप्रकाश गुरुङ, फणिन्द्र भट्टराई र राम गलामीलगायतका उपस्थित थिए । उनीहरुले आमरण अनसनमा बसेका ज्ञानराज राईलाई खादा ओढाई सम्मान पनि गरेका थिए ।
सो कार्यक्रममा मगर संघ युके, तमुधि युके, बेसिंग्स्टोक नेपाली समाज, किरात राई यायोख्खा, सिर्जनशील समाज युके, बन्ट वोक नेपाली समाज, गिश्नवीच एक्स गोर्खा एशोसिएसन, किरात याक्थुम चुम्लुंग, केण्ट गुरुङ समाज, नेपाली टिभी युके, सेफ एशोसिएसन युके, एभरेष्ट टाइम्स, क्याटरिङ एशोसिएशन युके, अन्तर्राष्ट्रिय नेपाली बाङमय प्रतिष्ठान, म्याग्दी प्रवासी नेपाली संघ, नमस्ते युरोप लगायतका संघसंस्थाका तथा मिडियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  ***
NRN Uk

तपाईको प्रतिक्रिया