बैंकक – गैर आबसिय नेपाली संघ थाईल्याण्डको चौथो राष्ट्रिय अधिबेशन आगामी दुइ वर्षको लागि नयां नेतृत्व छनोट गर्दै ग्लो प्रतुनाम होटेल बैंककमा एक भब्य समारोहका बीच सम्पन्न भएको छ। अधिबेशनले किंग मोंग्कुट युनिभर्सिटी थाइलेडंका प्राध्यापक खगेन्द्रराज ढकाल अध्यक्ष रहेको १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । ढकाल उक्त युनिभर्सिटीका अन्तररास्ट्रिय मामिला हेर्ने सहायक डीनको रुपमा कार्यरत छन् । त्यस्तै गरि आईसीसी प्रतिनिधिमा एनआरएन थाईलेन्डका पूर्वअध्यक्ष मनोज राना छनोट भएका छन् ।
अधिबेशनकोको लागि एनआरएन आइसीसीको तर्फबाट एसिया प्यासिफिक रिजनका उपनिर्देशक किरणबिक्रम थापाले प्रदिनिधित्व गर्नुभएको थियो । अधिबेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै थापाले बिदेशमा बस्ने नेपालीहरुले पहिले आफ्नो वैयक्तिक बिकास गर्न र सक्षम बनिसकेपछि देशको लागि पनि केहि गर्न सोच बनाउन आग्रह गर्नुभएको थियो । त्यस्तै उक्त कर्यक्रमलाई बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली मुलका अमेरिकी युवानेता दर्शन रौनियारले नेपालमा परिबर्तन चाहिएको र त्यसका लागि सम्पूर्ण गैरआबसीय नेपालीहरुले फेरी नेपाल फर्केर एकपटक देशलाई बर्बादी हुनबाट बचाउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
उक्त उदघाटन सत्रमा एनआरएन थाइल्याण्डका सरक्षक डेभिड खनाल, थाई नेपाली संघका अशोक पण्डित, थाईलेन्डस्थित नेपाली दूताबासका प्रतीनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने राज कर्माचार्यको सांस्कृतिक टोलीले नेपाली संस्कृति झल्किने प्रस्तुतिहरु गरेको थियो ।
उदघाटन सत्र लगत्तै एनआरएन थाईल्याण्डको बार्षिक साधारण सभा सम्पन्न भएको थियो. सभामा पूर्वअध्यक्ष मनोज राना, उपाध्क्ष दिलबहादुर थापा, महासचिब सुनिल थापा र कोषाध्यक्ष गोपाल लामाले बिगत दुइ बर्षका गतिविधिहरुको बारेमा प्रस्ट पार्नुभएको थियो ।
साधारण सभाको अन्त्य पछि डेभिड खनाल, मदनबहादुर रेग्मी र अशोक पण्डितको निर्बाचन आयोगले निर्बाचनको प्रक्रिया अगाडि बढाएको थियो । सर्बसम्मतिले ढकाललाई अध्यक्षमा छनोट गरेपछि त्यहि हलले उपाध्यक्षमा दिलबहादुर थापा, महासचिबमा केदारप्रसाद तिमल्सिना, कोषाध्क्षमा गोपाल लामालाइ छनोट गरेको थियो । त्यसैगरी सदस्यहरुमा प्रेम दनाई, एमि कर्माचार्य, पदम गुरुङ, बिबेक लामा, सन्तबहादुर तामांग, दिपेस श्रेष्ठ, सशि अधिकारी, चारु थापा र निता खड्का निर्बाचित भएका छन् ।
हाल १३ सदस्यीय उक्त निर्बाचित कार्यसमितिले थाईल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुका संघसंस्थाहरुलाई समेट्दै समाबेशी ढंगले अगाडि बढ्ने उद्देश्यले केहि पदहरु एक महिना भित्र पूर्ति गर्ने योजना रहेको निर्बाचित अध्यक्ष ढकालले बताउनुभयो । निर्बाचित अध्यक्ष ढकालले ८० हजार भन्दा ठूलो संख्यामा रहेको नेपाली मूलका नेपालीलाई NRN सबैको साझा हो भन्ने प्रत्याभूति गराउन आफ्नो टिम लागिपर्ने बताउनुभयो ।
राष्ट्रिय अन्तररास्ट्रिय स्तरका प्राज्ञिक एण्ड सामाजिक संघ संस्थामा सक्रिय ढकालले आफ्नो क्षमतालाई NRN को बिकासमा पनि लगाउने बताउनुभयो । उहाका अनुसार थाईल्याण्ड NRN को सम्भावना र चुनौतीहरु फरक प्रकृतिका भएकाले समाधानका उपायहरु पनि फरक ढंगले सोच्ने बताउनुभयो ।
स्रोतका अनुसार, निर्बाचित कार्यसमितिले ठूलो संख्यामा रहेका नेपाल मूलका तर नेपाली हु भन्ने कागजी प्रमाण नभएका नेपालीहरुको समस्या जटिल भएकोले उक्त समस्यालाई एनआरएन आइसीसीले गम्भिरतापूर्बक लिई आबश्यक नीति तय गर्न आईसीसी एशिया प्यासिफिक रिजनका उपसंयोजक समक्ष अनुरोध गरेको छ । ***











