Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

१० पाउण्डले मतदाता किन्ने संस्कारको अन्त्य हुने

लण्डन । गैर आवासीय नेपाली संघ युकेको निर्वाचन तालिका सार्वजानिक भएको छ । बेलायतमा बसोबास गर्ने विभन्न जात, धर्म, लिङ्ग र बर्ग समेटिइएको एनआरएनए युकेले पछिल्लो निर्वाचन तालिका सार्वजानिक गरेको हो ।

सेप्टेम्बर १५ मा साउथइष्ट लण्डनस्थित एशियन कम्युनीटि हलमा हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ। डा. हेमराज शर्मा संयोजकत्वको निर्वाचन समिति भंग गरी डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी गरेको हो । निर्वाचन समितिले गत सोमबार मतदाता नामावली प्रकाशन गरीसकेको छ । निर्वाचन आयोगले छ हजार तिनसय र रेडिङमा दर्ता ५ हजार भन्दा बढिको नामावली प्रकाशन गरीसकेको छ । यसमा कसैको नाम छुटेको भए तत्काल इमेल,फोन तथा पत्रमार्फत दावी विरोध गर्न आयोगले सबैमा आग्रह समेत गरेको छ । यद्यपी निर्वाचन समिति वार्ता गर्न पनि तयार रहेको जनाएको छ । वार्ता गर्नका लागि निर्वाचन समितिका संयोजक डा. पौडेल, सदस्य सचिवमा पूर्ण लक्सम र प्रवक्ता विपिन निरौला लगायतलाई जिम्मेवारी दिइएको छ ।

समितिका अन्य सदस्यहरुमा चण्डिका राई, ठाकुरप्रसाद शर्मा, नरेश काङवाङ राई, शिवजी श्रेष्ठ, भोजप्रसाद गुरुङ, आशिष पन्त, होमशर्मा, नविन सापकोटा, कल्पना आङबुहाङ, कुश बस्नेत, चित्रबहादुर गुरुङ र देवीमाया पुन रहेका छन ।

निर्वाचनलाई स्वच्छ र धांधली रहित बनाउन १८ सदस्यीय पर्यवेक्षक समिति र एनआरएनए आइसीसी सदस्य राजन कंडेलले पनि विशेष भूमिका खेल्ने जनाकारी दिएको छ । बेलायतका अग्रज बुद्धिजीवी समेटिइएको सो पर्यवेक्षक समितिले आगामी सेप्टेम्बर १५ को निर्वाचनलाई सफल बनाउन आफु लागिपर्ने उदघोष समेत गरेको छ । डा. सम्पूर्णानन्द ढुंगाना, डा. पदमसिखडा, डा. विजन पन्त, श्रीप्रसाद लिम्बु, कर्ण शाही, डम्बर लिम्बु, तेज राई, चेतनाथ खनाल, डा.चन्द्र लक्सम्बा, शुरेसजंग शाह, अर्कतिमिल्सीना, विनोद मोक्तान, जंगसुनुवार, विज्ञान प्रसाई, चित्रबहादुर गुरुङ, विश्वासदिप तिंगेला, दलप्रसाद थापा लगायतले निर्वाचन पर्यवेक्षण गर्ने बताइएको छ ।

यसअघि उपाध्यक्ष महेन्द्र कंडेलेको अध्यक्ष्तामा बसेको एनआरएन युके विशेष भेलाले साधारणसभाबाट संस्थाको सदस्यता शुल्क कटौती गरी यसलाई पांच अथवा तिन पाउण्डमा झार्ने तथा एनआरएनएलाई काउन्सीलको अवधारणामा लैजाने जनाएको छ । काउन्सीलको अवधारणामा गएपछि एनआरएनमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने विश्वास लिईएको छ । काउन्सीलको अवधारणमा लैजाने प्रस्ताव सेप्टेम्बर १५ मा हुने साधारण सभामा प्रस्तुत गरिने छ ।

विशेष साधारण सभामा अध्यक्ष पदका अर्का प्रत्यासी सूर्य नेम्वाङ समुह समेतसहभागिता थियो।निर्वाचन समितिको संयोजक डा. पौडेलले निर्वाचन प्रजातान्त्रिक र स्वच्छ बनाउने दृढता व्यक्त गरे।नवगठित नागरिक समाजका अगुवा डा. चन्द्र लक्सम्बाले भइरहेको नागरिकता बचाउने सन्दर्भमा एनआरएनए लाग्नुपर्ने बताए । दोहोरो नागरिकता लिन मिल्ने देशहरुमा यो नियम लागु हुनुपर्ने उनको माग थियो । एनआरएनमा १० पाउण्डले मतदाता किन्ने पहिलाको कार्यसमितिले बनाएको वाताबरणबाट अहिले मुक्त भइएको उनलेबताए । बेलायतमा रहेका सबै जातजाती मिलेर बस्नुपर्नेमा उनले जोड दिए । ***

तपाईको प्रतिक्रिया