दुबई – युएइको साजाह स्थित एक होटलमा काम गर्ने नेपाली युवतीको समुद्रमा पौडी खेल्न जांदा मृत्यू भएको छ ।
गत विहिवार साथीहरुसंग दुवइको जुमेरा व्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलीचाको मृत्यू भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न व्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले वताएको छ । वर्षाको लास प्रहरीले पोष्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
छुट्टीको दिन पौडी खेल्न यहाँको वृजमा जाने गरेका नेपालीहरु बर्षेनी ज्यान गुमाउने गरेका छन् । यसभन्दा अघि झापा दमकका दिपक ढकालको समुद्रकै छालले वगाएर मृत्यू भएको थियो । हालसम्म यूएइमा समुद्रमा डुबेर ९ जनाको मृत्यू भइसकेको छ । ***








