Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

टोकियो – जापानको प्रमुख ब्यवसायिक समुहहरु मध्यको एक मित्सुबिसी समुहको मित्सुबिसी इलेक्ट्रिक कर्पोरेशनले बिश्वकै सबैभन्दा छिटो गतिमा चल्ने बिद्युतिय भर्‍याङ (लिफ्ट) को निर्माण गर्ने भएको छ । उसले उक्त लिफ्ट चीनको सांघाइमा निर्माणाधिन सांघाइ टावरमा जडान गर्न लागेको हो । मित्सुबिसी इलेक्ट्रिकले जडान गर्ने उक्त लिफ्टको गति प्रति सेकेण्ड १८ मिटर (५९ फिट) को हुनेछ । जबकी अहिले सम्मको सबैभन्दा छिटो चल्ने लिफ्टको गति १६.८ मिटर (५५ फिट) प्रति सेकेण्ड रहेको छ । सांघाइ टावर कन्स्ट्रक्सन एन्ड डेभलोपमेन्ट कं. लि. ले मित्सुबिसी इलेक्ट्रिकलाई सो लिफ्टको लागि अनुरोध गरेको हो ।

मित्सुबिसी इलेक्ट्रिकले जडान गर्ने उक्त लिफ्टहरु ११९ तले उक्त भवनको सबैभन्दा माथिसम्म पुग्नेछ । ६३२ मिटर अग्लो हुने सो भवनमा दृश्यावलोकन कक्ष, रेष्टुरेन्टहरु, बिभिन्न खालका पसलहरु, हलहरु रहनेछन् । सन् २०१४ सम्ममा निर्माण कार्यपूरा गरिने लक्ष राखिएको उक्त सांघाइ टावर चीनकै सबैभन्दा अग्लो भवन पनि हुनेछ । मित्सुबिसी इलेक्ट्रिकले सोही भवनमा ४ डबल डेकको लिफ्ट पनि जडान गर्नेछ जसको गति १० मिटर प्रति सेकेण्ड रहने र सो लिफ्ट १०१ तल्लामा रहेको होटेलको लबी सम्म जानेछ । ४ डबल डेकको यो गतिले पनि विश्व किर्तिमानी कायम गर्ने भएको छ । चीनको सबैभन्दा अग्लो भवनमा यस खालको किर्तिमान कायम गर्ने लिफ्टहरु जडान गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्दै मित्सुबिसी इलेक्ट्रिकका कार्यकारी उपाध्यक्ष मिचुओ मुनेयुकीले यस कार्यबाट मित्सुबिसी इलेक्ट्रिकको अत्याधुनिक प्रबिधि र उच्च गुणस्तरको अझ बढी प्रचार हुने बिचार ब्यक्त गरे । पछिल्ला बर्षहरुमा अग्ला भवनहरु बन्ने क्रमको बृद्धिसँगै बिद्युतीय भर्‍याङ (लिफ्ट) को मागमा पनि तीब्रता आइरहेको परिप्रेक्ष्यमा मित्सुबिसी इलेक्ट्रिकले सुरक्षित, टिकाउ र आरामदायी लिफ्टहरुको निर्माणमा प्रशस्त समय, श्रोत र साधनहरुको लगानी गरिरहेको बुझिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया