ज्यूरिच- गैरआवासीय नेपाली संघ (एनआरएन)को चौथो युरोप क्षेत्रिय सम्मेलन स्वीटजरल्याण्डको राजधानी ज्यूरिचमा सुरु भएको छ । सम्मेलन मुख्य गरी नेपालमा एनआरएनहरुको लगानी बढाउने विषयमा केन्द्रीत रहने छ । ‘युरोपमा नेपाली एकता, प्रगति र पहिचान : सामुहिक लगानीमा नयाँ अभियान’ भन्ने नाराको साथ सुरु सम्मेलन आइतबार सम्म चल्नेछ ।सम्मेलनको एनआरएनका अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, स्वीस पूर्वफेडरल च्यान्सलर हुँजर होच्च र स्वीटरल्याण्डका लागि नेपाली राजदूत शंकर बैरागीले संयूक्त रुपमा उद्घाटन गरे ।
सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले एनआरएनहरुले नेपालमा लगानी गरेर देखाउने समय आएको बताए ।








