Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

स्कटल्याण्ड-यूकेमा सक्रिय रहेका संस्थाहरु अर्गनाईजेसन फर नेपलीज कल्चर एण्ड वेलफेयर (ओ एन सि डब्लु), अन्तर्राष्ट्रिय नेपाली बांग्मय प्रतिष्ठान (अनेवा) एबं सोमनाथ शर्मा मेमोरियल ट्रस्ट को संयुक्त प्रयासमा  अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी  हालै  सफलतापूर्ण सम्पन्न भएको छ।

कार्यक्रममा बेलायत, फ्रान्स, आयरल्याण्ड, अमेरिका र रसिया देखि नेपाल, अस्ट्रेलिया, थाईल्याण्ड, भियतनाम, इजरायल एबम अफगानिस्तान सम्मका करीव दुई दर्जन ख्यातिप्राप्त साहित्यकर्मी एबम कविहरु सहभागी भएका थिए ।स्कटल्याण्डको एबरडिन शहरमा आयोजित सो कार्यक्रममा केहि कविहरु प्रत्यक्ष सहभागी थिए भने अधिकांशले भिडीयो कन्फ्रेसिंगबाट सहभागिता जनाएका थिए। कार्यक्रमको अनलाईन रेडियो- रेडियो अन्को (ओ एन सि डब्लु) बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

उक्त कवि गोष्ठीलाई  टेलिफोनबाट शुभ कामना दिनु हुदै एन आर एन का केन्द्रीय अध्यक्ष जीवा लामिछानेले बिदेशमा रहेर नेपाली भाषा साहित्यको  बिकास र प्रवर्दन गर्ने कार्यमा सहयोग पुर्याउने यो प्रयास अति प्रसंशनीय भएको बताउनु भयो ।गोष्ठीका सहभागीहरुलाई स्वागत गर्दै अनेबाका अध्यक्ष विकल आचार्यले स्वदेश तथा डायस्पोरिक क्षेत्रबाट नेपाली भाषा साहित्यको जगेर्ना र उठानका लागि अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। नेपाली राष्ट्र गीतका रचनाकार कवि ब्याकुल माईला, जयालक्ष्मी राई एबम सन्तोष गैरेले प्रवासमा रहेका सर्जकहरुलाई यस्ता कार्यक्रमहरुले थप उत्साह प्रदान गर्ने बताउनु भएको थियो।

 

कबि गोष्ठीमा अमेरिकाबाट होमनाथ सुबेदी, रसियाबाट डा. मधु माधुर्य,  अस्ट्रेलियाबाट श्रीभक्त अच्युत वाग्ले, सुरेन्द्र दवाडी, फ्रान्सबाट हरिहर अर्याल, थाईल्याण्डबाट खगेन्द्र लिम्बु, भियतनामबाट सन्ध्या रेग्मीले कविता वाचन गर्नु भएको थियो। यस्तै नेपालबाट  ब्याकुल  माईला,  श्रवण मुकारुंग, गणेश रसिक, प्रदीप नेपाल,  प्रा.  डा.  सुष्मा आचार्य,  डा. नित्य खनाल, जयन्ती सत्याल स्पन्दन, दिव्या शर्मा, नम्रता भट्टराई र गोकुल प्रसाद भण्डारीले रचना वाचन गर्नु भएको थियो। कायर्क्रममा आयरल्याण्डका प्रसिद्द कवि काथल ओ सार्गीले काठमाडौँको बारेमा कविता वाचन गर्नु भएको थियो भने डा. सोहन घिमिरेले स्व. सोमनाथ शर्माको २०३९ सालमा राष्ट्रिय कविता प्रतियोगितामा छनौट भएको कविता प्रस्तुत गर्नु भएको थियो। यस्तै कार्यक्रममा इजराईलबाट दिप्स शाह, अफगानिस्तानबाट केदार संकेत तथा यूकेबाट सोमा घिमिरे, किरण लिम्बु  गोपी कृष्ण प्रसाई, संगीता कार्की र अमृत बोहोराले कविता वाचन गर्नु भएको थियो।

रेडियो प्रत्यक्ष प्रसारणमा ओ एन सि डब्लु का अध्यक्ष  दीपेश रेग्मी, निश्चल कार्की एबम सन्तोष गैरेले सहयोग गर्नु भएको थियो। भिडियो कंफ्रेसिंग र अनलाईन रेडियोबाट प्रत्यक्ष प्रशारण भएकोमा  कार्यक्रमका सहभागी तथा विभिन्न देशका श्रोताहरुले प्रबिधिको नौलो प्रयोगबाट कवि गोष्ठी निकै रोचक भएको बताउनु भएको थियो ।***

 

 

तपाईको प्रतिक्रिया