Deneme Bonusu Veren Siteler
मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउ स्थिर देखिएको छ । पछिल्लो केही समयदेखि न्यून विन्दुमा रहँदै आएको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको विनिमय दरमा कुनै उल्लेखनीय फेरबदल भएको छैन ।

येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउ पनि आज सन्तुलित देखिएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७२ रुपैयाँ ८४ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्कको बिक्री दर १८७ रुपैयाँ ४८ पैसा पुगेको छ ।

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-

  • कुवेती दिनार: ४९२ रुपैयाँ २७ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ५८ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ २७ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ३६ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ २३ पैसा
  • बहराइन दिनार: ४०२ रुपैयाँ ०४ पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर १०६ रुपैयाँ ८२ पैसा, अस्ट्रेलियन डलर १०४ रुपैयाँ ५८ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया