Deneme Bonusu Veren Siteler
मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

टोकियो – अन्तिम समयको नाटकीय मोडमा गाब्रीएल मार्टीनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको इन्जुरी समयसम्म १-१ को बराबरीमा रहेको अवस्थालाई चिर्दै मार्टीनेलीले ९६औं मिनेटमा गोल गरेपछि ब्राजिलको जित निश्चित भएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

खेलको २९औं मिनेटमा जापानले अप्रत्याशित अग्रता लिएको थियो । मध्यभागमा ब्राजिलियन खेलाडीको गल्तीलाई सदुपयोग गर्दै जापानका काइसु सानोले बल एक्लै अगाडि बढाएर सानदार गोल गरे । जर्मन क्लब मेइन्ज ०५ बाट व्यावसायिक फुटबल खेल्ने सानोको जापानका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनको शक्तिशाली प्रहारलाई ब्राजिलका अनुभवी गोलकिपर एलिसन बेकरले रोक्ने कुनै मौका नै पाएनन् ।

पहिलो हाफमा पछि परेको ब्राजिल दोस्रो हाफको सुरुदेखि नै आक्रामक देखियो । खेलको ५६औं मिनेटमा मिडफिल्डर कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । उनले गाब्रीएल मागल्हाएसको सटिक क्रसलाई पोस्टको जाली चुमाएका थिए ।

यो गोलसँगै ३४ वर्ष १२६ दिनका कासेमिरो विश्वकपमा गोल गर्ने ब्राजिलका दोस्रो पाका खेलाडी बनेका छन् । यसअघि सन् १९९८ मा बेबटोले ३४ वर्ष १३७ दिनको उमेरमा डेनमार्क विरुद्ध गोल गर्दै कीर्तिमान राखेका थिए ।

ब्राजिलले खेल अवधिभर जापानमाथि चर्को दबाब कायम राखेको थियो । जापानका गोलकिपर जिओन सुजुकीले केही उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई रोक्ने प्रयास गरे । ५२औं मिनेटमा ब्रुनो गुमाइरेसको हेडर र ५४औं मिनेटमा कासेमिरोको प्रहारलाई जापानी रक्षापंक्तिले गोललाइनबाट बचाएको थियो । भिनिसियस जुनियरको एक प्रहार त पोस्टमा लागेर फर्किएको थियो ।

ब्राजिलले खेलभर १९ पटक प्रहार गरेकोमा ७ प्रहार टार्गेटमा थिए भने जापानले मात्र २ पटक टार्गेटमा सट प्रहार गर्न सक्यो । खेल बराबरीतिर धकेलिँदै गर्दा इन्जुरी समयको छैटौं मिनेटमा मार्टीनेलीले गोल गर्दै ब्राजिलियन समर्थकलाई खुसी तुल्याए ।

विश्वकपको नकआउट चरणमा पहिलो पटक जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रिएको जापानले अग्रता जोगाउन नसक्दा पुनः पराजय भोग्नुपर्यो । नकआउट चरणमा अग्रता लिएर पनि हार बेहोर्ने जापानको पुरानो कमजोरी यसपटक पनि दोहोरिएको छ । अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया