Deneme Bonusu Veren Siteler
मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

टोकियो – जापानको मनोरञ्जन र कला क्षेत्रका एक प्रभावशाली तथा विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ गायक एवं अभिनेता अकिहिरो मिवाको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको ट्यालेन्ट एजेन्सीले आइतबार सार्वजनिक गरेको जानकारी अनुसार मिवाको वृद्धावस्थाका कारण प्राकृतिक रूपमा निधन भएको हो ।

जापानको ‘ड्र्याग क्विन’ संस्कृतिका प्रणेता मानिने मिवा आफ्नो विलक्षण प्रतिभा र निडर व्यक्तित्वका लागि विश्वभर परिचित हुनुहुन्थ्यो । नागासाकीमा जन्मनुभएका मिवाको वास्तविक नाम अकिहिरो मारुयामा थियो। उहाँले टोकियोका विभिन्न क्लबहरूमा ‘चान्सन’ गायकका रूपमा आफ्नो व्यावसायिक सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । आफ्नो मखमली आवाज र स्टेजमा देखिने आकर्षक प्रस्तुतिले उहाँलाई छोटो समयमै चर्चाको शिखरमा पुर्‍याएको थियो ।

एक अभिनेताका रूपमा पनि उहाँले जापानी रङ्गमञ्चमा गहिरो छाप छाड्नुभएको छ । प्रख्यात लेखक युकियो मिसिमाद्वारा अनुकूलित नाटक ‘कुरोतोकागे’ (ब्ल्याक लिजर्ड) मा ‘महिला चोर’को भूमिका निर्वाह गरी उहाँले व्यापक प्रशंसा र सम्मान बटुल्नुभएको थियो । यो नाटक एक चर्चित जापानी रहस्यमयी उपन्यासमा आधारित थियो ।

मिवाको स्वरको जादु रङ्गमञ्चमा मात्र सीमित रहेन । उहाँले विश्वप्रसिद्ध ‘स्टुडियो गिब्ली’को चर्चित एनिमेसन चलचित्र ‘प्रिन्सेस मोनोमोके’मा एक महत्त्वपूर्ण पात्रलाई आवाज दिनुभएको थियो, जसलाई एनिमे प्रेमीहरूले निकै रुचाएका थिए ।

आफ्नो नौ दशक लामो जीवनमा जापानको सामाजिक र सांस्कृतिक मान्यताहरूलाई चुनौती दिँदै उदारवादी समाज निर्माणमा मिवाले पुर्‍याउनुभएको योगदानलाई जापानमा सधैँ स्मरण गरिनेछ । उनको निधनले जापानी कला आकाशको एउटा चम्किलो तारा अस्ताएको भन्दै कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तपाईको प्रतिक्रिया