काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’को भाउमा निरन्तर गिरावट देखिएको छ । पछिल्लो केही समयदेखि ओरालो लाग्ने क्रममा रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४२ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा प्रति १० इकाइ ३ पैसाको थप संकुचन आएको हो ।
१ अमेरिकी डलरको खरिद दर १५१.०० रुपैयाँ र बिक्री दर १५१.६० रुपैयाँ कायम भएको छ । युरोको बिक्री दर १७५ रुपैयाँ ९९ पैसा र खरिद दर १७५.३० रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०३ रुपैयाँ ४९ पैसा रहेको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:
- कुवेती दिनार: ४९३ रुपैयाँ ८९ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
- कतारी रियाल: ४१ रुपैयाँ ६० पैसा
- युएई दिराम: ४१ रुपैयाँ २८ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ४० पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ २७ पैसा
- बहराइन दिनार: ४०२ रुपैयाँ ०७ पैसा
- ओमानी रियाल: ३९३ रुपैयाँ ७९ पैसा
यसैगरी, क्यानेडियन डलरको बिक्री दर १०८ रुपैयाँ २९ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ २३ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ। राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








