Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – युक्रेनले युद्धको मैदानमा एक ऐतिहासिक क्षण भएको दाबी गरेको छ । सैन्य गुप्तचर निकाय एचयुआर अन्तर्गतको मागुरा-७ नामक समुद्री ड्रोन प्रयोग गरी युक्रेनले दुई रूसी लडाकु विमान खसालेको बताएको छ । जुन दाबी पुष्टि भएमा विश्वमै पहिलो पटक ड्रोनबाट लडाकु विमान खसालिएको घटना हुनेछ ।

शुक्रबार, युक्रेनी अधिकारीहरूका अनुसार, रूसको ब्ल्याक सी तटमा अवस्थित नोभोरोसियस्क बन्दरगाह नजिकै उडिरहेका दुई सुखोई सु-३० लडाकु विमानलाई अमेरिकाबाट प्राप्त इन्फ्रारेड-निर्देशित एम-९ मिसाइल प्रयोग गरेर ड्रोनद्वारा खसालिएको हो । द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, यी मिसाइल युक्रेनलाई अमेरिका र क्यानडाले प्रदान गरेका हुन् ।

युक्रेनले घटनाको पुष्टि गर्न एक भिडियोसमेत सार्वजनिक गरेको छ, जसमा समुद्रमाथि आगो लागेको वस्तु बिस्फोट भएर तल खसिरहेको देखिन्छ। युक्रेनी अधिकारीहरूले दुईमध्ये एउटा विमानका पाइलटहरूलाई व्यापारीक पानीजहाजमार्फत उद्धार गरिएको, तर दोस्रो विमानका चालक जिवित नरहेको जानकारी दिएका छन् ।

यो आक्रमण, यदि प्रमाणित भयो भने, समुद्री ड्रोनको सैन्य प्रयोगको क्षेत्रमा क्रान्तिकारी मोड हो । यसअघि सन् २०२३ डिसेम्बर ३१ मा पनि युक्रेनले रूसी हेलिकप्टरहरू ड्रोनमार्फत खसालेको दाबी गरेको थियो । तर रूसी पक्षले हालसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन, र घटनाको स्वतन्त्र पुष्टि पनि हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया