Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – जम्मू कश्मीरको पहलगाम आफ्नो प्राकृतिक सौन्दर्य र शान्तिको लागि परिचित छ, तर २२ अप्रिल २०२५ मा यो स्वर्ग आतंकको आगोमा डुब्यो । एउटा भयानक आतंकवादी हमलामा २८ पर्यटकको मृत्यु भयो, जसमा एक नवविवाहित जोडी पनि थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कर्नालका विनय नरवालको जोडी आफ्नो नयाँ जीवन सुरु गर्न, आफ्नो हनिमूनको सुन्दर क्षणहरूको कदर गर्न आएका थिए, तर आतंककारीहरूको गोलीले उनीहरूको सपनालाई सदाको लागि चुप लगाइदियो ।

कर्नालका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल भारतीय नौसेनाका अधिकारी थिए । उनको विवाह अप्रिल १६ मा भएको थियो र उनी आफ्नी नवविवाहित दुलहीसँग पहलगामको बैसरन उपत्यकामा हनिमुन मनाइरहेका थिए । अप्रिल २२ मा, आतंककारीहरूले पर्यटकहरूको समूहमाथि गोली चलाएका थिए । विनयले आफ्नी श्रीमतीलाई बचाए तर उनी आफैं आतंककारीहरूको गोलीबाट सिकार भए ।

श्रीमानको शवको छेउमा असहाय भएर बसिरहेकी उनकी श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसले गर्दा देख्ने सबैको आँखा रसाएकाका छन् । कर्नालस्थित उनको घरमा शोक छाएको छ । परिवारका एक सदस्यले भने, ‘विनय हाम्रो गौरव थियो । उसले आफ्नी श्रीमतीलाई बचायो, तर हामीले उसलाई बचाउन सकेनौं ।’

आक्रमणमा २८ जनाको मृत्यु
लश्कर-ए-तैयबासँग सम्बन्धित संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले पहलगामको बैसरन उपत्यकामा भएको यस आक्रमणको जिम्मेवारी लिएको छ । आतंककारीहरूले पर्यटकहरूलाई उनीहरूको नाम र धर्म सोधे, र त्यसपछि निर्दयी रूपमा गोलीबारी गरे ।

यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा युएई र नेपालका पर्यटकहरू पनि थिए । यो कायरतापूर्ण आक्रमणको देशभर निन्दा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी र धेरै सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया