Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा भन्सार शुल्क वृद्धि गर्ने निर्णय गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै व्यापारिक तनाव बढे युद्धसम्म जान सक्ने चेतावनी दिएको छ ।

दूतावासको आधिकारिक सामाजिक सञ्जालमार्फत चीनले स्पष्ट पार्दै भनेको छ, ‘चाहे त्यो भन्सार शुल्कको लडाइँ होस्, व्यापार युद्ध होस् वा अन्य कुनै प्रकारको संघर्ष, यदि अमेरिका लड्न चाहन्छ भने, चीन पनि अन्तिम क्षणसम्म लड्न तयार छ ।’

ट्रम्प प्रशासनले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । यसअघि फेब्रुअरीमा पनि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लागू गरिसकेका थिए, जसले गर्दा चिनियाँ सामानमा कुल २० प्रतिशत शुल्क लाग्ने भएको छ ।

प्रत्युत्तरमा, चीनले पनि अमेरिकाबाट आयात हुने विभिन्न कृषि उत्पादनहरू-मकै, गहुँ र भटमासमा १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ । चीन यी अमेरिकी उत्पादनहरूको प्रमुख बजार भएकाले अमेरिकी किसानहरूमा चिन्ता बढेको देखिन्छ ।

व्यापारिक तनाव चर्किंदै जाँदा दुवै मुलुक आआफ्ना कदमहरूलाई अझ कडा बनाउन सक्ने संकेत देखिएको छ । विश्लेषकहरूका अनुसार यदि समाधान ननिकालिएमा यसले विश्व अर्थतन्त्रमै प्रभाव पार्न सक्छ ।

तपाईको प्रतिक्रिया