Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा भन्सार शुल्क वृद्धि गर्ने निर्णय गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै व्यापारिक तनाव बढे युद्धसम्म जान सक्ने चेतावनी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दूतावासको आधिकारिक सामाजिक सञ्जालमार्फत चीनले स्पष्ट पार्दै भनेको छ, ‘चाहे त्यो भन्सार शुल्कको लडाइँ होस्, व्यापार युद्ध होस् वा अन्य कुनै प्रकारको संघर्ष, यदि अमेरिका लड्न चाहन्छ भने, चीन पनि अन्तिम क्षणसम्म लड्न तयार छ ।’

ट्रम्प प्रशासनले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । यसअघि फेब्रुअरीमा पनि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लागू गरिसकेका थिए, जसले गर्दा चिनियाँ सामानमा कुल २० प्रतिशत शुल्क लाग्ने भएको छ ।

प्रत्युत्तरमा, चीनले पनि अमेरिकाबाट आयात हुने विभिन्न कृषि उत्पादनहरू-मकै, गहुँ र भटमासमा १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ । चीन यी अमेरिकी उत्पादनहरूको प्रमुख बजार भएकाले अमेरिकी किसानहरूमा चिन्ता बढेको देखिन्छ ।

व्यापारिक तनाव चर्किंदै जाँदा दुवै मुलुक आआफ्ना कदमहरूलाई अझ कडा बनाउन सक्ने संकेत देखिएको छ । विश्लेषकहरूका अनुसार यदि समाधान ननिकालिएमा यसले विश्व अर्थतन्त्रमै प्रभाव पार्न सक्छ ।

तपाईको प्रतिक्रिया