Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौताका शर्तहरूमा सहमति जुटेको छ । सहमतिसँगै अब युद्धग्रस्त युक्रेनले अमेरिकाको समर्थन प्राप्त गर्ने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोमोदिर जेलेन्स्की शुक्रबार वाशिङटन आएसँगै उक्त सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । गत हप्ता दुवै नेताहरूबीच भनाभनको तनावपूर्ण अवस्थापछि खनिज सम्झौताको शर्तमा सहमति जुटेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्ध समाप्त गर्ने सम्झौता भएमा युक्रेनमा शान्ति स्थापना गर्ने सेना आवश्यक रहेको बताए । यो सम्झौतामा अमेरिकाले युक्रेनलाई केही ठोस सुरक्षा आश्वासन दिएको छ वा अतिरिक्त सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ भन्नेबारे स्पष्ट हुन सकेको छैन । ट्रम्पले खनिज सम्झौतालाई युक्रेनलाई गरिएको अर्बौ डलरको सहयोगको प्रतिफलको रूपमा प्रस्तुत गरेका छन् ।

ट्रम्पको खनिज सम्झौताको प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गरेका थिए । आफ्नो प्रस्ताव स्वीकार नगरेपछि ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भनेर टिप्पणी गरेका थिए । ट्रम्पले शान्ति सम्झौता गर्न वा देश गुमाउन चेतावनी समेत दिएका थिए । जसको जवाफमा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति गलत सूचनामा बाँचिरहेको टिप्पणी गरेका थिए । यसअघि हिजो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र रूसअधिनस्थ युक्रेनी क्षेत्रमा पाइने दुर्लभ खनिज भण्डारसम्म अमेरिकालाई पहुँच दिने विषयमा आफू खुला रहेको बताइसकेका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया