Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले व्यापक जनविरोधका बीच पदत्याग गरेका छन्। नोभेम्बरदेखि जारी देशव्यापी प्रदर्शनलाई नियन्त्रण गर्न नसकेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।

नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेशनको छतको एक हिस्सा भत्किँदा १५ जनाको ज्यान गएको थियो। यस घटनापछि सरकारविरुद्ध व्यापक प्रदर्शन सुरु भयो। नागरिकहरूले दुर्घटनाको जिम्मेवारी सरकारलाई दिनु पर्ने भन्दै निरन्तर सडक आन्दोलन गरे।

प्रदर्शनकारीहरूले रेलवे स्टेशन पुनर्निर्माण परियोजनामा भएको भ्रष्टाचार नै दुर्घटनाको मुख्य कारण भएको आरोप लगाए। नोभी साद घटनामा संलग्न भएको आशंकामा १३ जनालाई भ्रष्टाचार मुद्दा लाग्दा पूर्व यातायातमन्त्री गोरान भेसिकसमेत मुछिएका थिए। उनले केही दिनमै पदबाट राजीनामा दिए पनि आन्दोलन रोकिएन।

विशेषगरी विद्यार्थीहरूले विरोध प्रदर्शनलाई सशक्त बनाएका थिए। उनीहरूले हरेक दिन बिहान ११:५२ बजे १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गर्थे। लगातारको जनआक्रोशपछि प्रधानमन्त्री भुसेभिकले अन्ततः पद त्याग गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया