Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले ७-८ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा दिइरहेका छन् । यसअघि कर्जाको ब्याजदर १५ प्रतिशत नाघेको थियो, त्यस हिसावले हाल ब्याजदर आधा सस्तो भइसकेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तरलता फालाफाल हुनाले बैंकले फोन गरेरै ग्राहकलाई सजिलै कर्जा दिन थालेका छन् । कर्जाको सेवा शुल्क र ब्याजदर घटाउने पनि प्रतिस्पर्धा चलेकै देखिन्छ । कर्जाको माग नहुनुको मुख्य कारण नै सरकारले लिइरहेको कसिलो र अस्थिर नीति भएको उद्योगी-व्यवसायीहरूको भनाई छ ।

नीतिगत स्थिरता नभएककै कारण ब्याजदर घटिरहेको भएपनि कर्जा प्रवाह हुन नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘आज पैसा थुप्रिएको छ र ब्याज घटेको छ । मैले अहिलेको ब्याज हेरेर उद्योगमा लगाए भने छ महिनापछि यो ब्याजदर कायम रहन्छ भन्ने छैन । हिजोकै जस्तो ब्याजदर बढेर धेरै भयो भने मैले के गर्ने ?,’ उनले अगाडि भने, ‘स्थिर नीति भएको ठाउँमा यसरी ब्याजदर बढाउने चलन हुँदैन । हाम्रोमा ब्याजदर स्थिर नहुँदा लगानीका लागि कर्जा लिने अवस्था भएन ।’

निजी क्षेत्रमा गएको कर्जालाई नियन्त्रण गर्ने नीति सरकारले लिएकाले धेरैलाई कर्जा लिन निरुत्साहित गरेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकको विवरणअनुसार हाल करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको छ । गत मंगलबारसम्मको विवरण हेर्दा अहिले नेपालका कुल निक्षेप रकम साढे ६६ खर्ब रुपैयाँ रहेको देखिन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया