Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – जापानमा बहुप्रतिक्षित दुई दिवसीय ‘१४ औँ नेपाल फेस्टिभल-२०२४’ उत्साहजनक सहभागिताकाबीच आज दोस्रो दिनमा सञ्चालन भइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेस्टिभलको पहिलो दिन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मियाशिता तादाइकीले जापान-नेपालबीचको सम्बन्धलाई यस प्रकारका कार्यक्रमबाट थप मद्दत पुग्ने धारणा व्यक्त गरे । उनले विगतमा नेपाल भ्रमणमा गएको स्मरण गर्दै नेपालको कला संस्कृति, अतिथि सत्कार तथा प्राकृतिक सौन्दर्यबाट आफू निकै प्रभावित भएको बताए ।

सो अवसरमा विशेष अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल फेस्टिभलको आयोजनाबाट नेपाल र जापानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिने विचार व्यक्त गरे । उनले जापानमा नेपालीहरूको बढ्दो आगमन सँगै नेपाली एकता र पहिचानलाई सुदृढ बनाउन यस प्रकारका फेस्टिभल उपयोगीसिद्ध हुने बताए ।उद्घाटन समारोहमा विशेष अतिथिहरू गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोविन शेरचनका साथै जापान भ्रमणमा रहेका संघीय सांसद तथा काँग्रेस नेता सुनिल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फेस्टिभलमा घुम्टे नौमती बाजा समूह, मुसिकोट गुल्मी नौमती बाजा समूह, धौलागिरी भजन समूह, स्याङ्जाली भजन समूहका साथै विभिन्न नेपाली जातजाति र सम्प्रदायमा आधारित संस्कृति झल्कने गीत–संगीत, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो भने जापानी कलाकारहरूले पनि नेपाली गीत र नृत्य प्रस्तुत गरेर थप रौनकता प्रदान गरेका थिए ।कार्यक्रममा फेस्टिभलका सम्बन्धमा प्रतिक्रिया तथा सुझाव संकलका लागि नेपाली व्यवसायी जापानले अनुगमनकारी भूमिका निर्वाह गरिरहेको छ । गैर आवासीय नेपाली संघ जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान र नेपाली राजदूतावासको संयुक्त रुपमा आयोजित फेस्टिभलका अवलोकनकर्ताहरूले हालसम्म गर्मी याममा हुँदै आएको फेस्टिभल यतिबेला हुनु उपयुक्त मानिएको प्रतिक्रिया दिए ।

फेस्टिभलमा नेपाली खानाका परिकार, नेपाली उत्पादनका वेषभूषा, रेमिट्यान्स कम्पनी, एभरेष्ट स्कुल, नेपाली व्यवसायी संघ जापान, जापान अध्यागमन विभाग, टोकियो महानगर कार्यालय लगायतका निकायहरूका सेवा तथा उत्पादनका स्टलहरू रहेका थिए ।फेस्टिभलको उद्घाटन समारोहमा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरेको अध्यक्षता, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाको स्वागत मन्तव्य रहेको थियो भने गैर आवासीय नेपाली संघ जापानका महासचिव टिकाराम खरेल र नेपाल आदिवासी जनजाति महासंघ जापानका महासचिव प्रेमिला राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया