Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – फिल्म ‘फर्की फर्की’ को नयाँ गीत सार्वजनिक गरिएको छ। गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समेटेको हो । भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ प्रस्तुत छन्। यो प्रेम विछोडको गीत हो।

‘फर्की फर्की’ लाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्। रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। अनमोल र जसिताका साथमा अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याल समेत फिल्ममा शीर्ष भूमिकामा छन्।

काल्पनिक र रोमान्टिक जनराको फिल्मले ‘टाइम लुप’ को कथालाई उठान गरेको छ। यसमा नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्धन्द्ध, किरण थापाको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन छ। बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। काफिया फिल्मस र कुबेर फिल्मले फर्की फर्की’ लाई वितरण गर्नेछन्।

तपाईको प्रतिक्रिया