Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – यो वर्षको ओस्कार अवार्डमा ओपनहाइमर चलचित्र सर्वश्रेष्ठ बनेको छ। अमेरिकाको लस एञ्जल्समा भएको सन् २०२४ को एकेडेमी अर्वाड्स अर्थात् ओस्कार अवार्डमा ओपनहाइमरले सर्वश्रेष्ठ फिल्मसहित सात विधामा उत्कृष्ट अवार्ड जितेको हो। भौतिक शास्त्री वैज्ञानिक जे. रोबर्ट ओपनहाइमरको जीवनीमा आधारित हलिउड फिल्मले सर्वाधिक विधामा अवार्ड जित्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चरमाध्यमले जनाएका छन् ।

ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, यसै फिल्मका निर्देशक क्रिस्टोफर नोलानले सर्वश्रेष्ठ निर्देशक, सिलियन मार्फीले सर्वश्रेष्ठ अभिनेता र रोबर्ट डाउनी जुनियरले सर्वश्रेष्ठ सह अभिनेताको उपाधि हात पारे। यस्तै होयते वान होयतेमाले सर्वश्रेष्ठ सिनेम्याटोग्राफी, जेनिफर लेमले सर्वश्रेष्ठ फिल्म सम्पादन तथा लुडविग गोरान्सनले सर्वश्रेष्ठ मौलिक संगीततर्फको उपाधि पाए।

ओपनहाइमरपछि पुअर थिंग्स फिल्मले धेरै विधामा अवार्ड जितेको छ । नोलनले निर्देशन गरेको यो फिल्म यस वर्ष १३ वटा विधामा मनोनितमा परेको थियो । यो वर्षको सर्वश्रेष्ठ डक्युमेन्ट्रीको उपाधि ‘ट्वेन्टी डेज इन मारियुपोल’ले हात पारेको छ ।

तपाईको प्रतिक्रिया