Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्। भारतको मुम्बइमा गएराति सम्पन्न प्रतियोगितामा विभिन्न ११० देशका प्रतियोगीलाई पछि पार्दै पिस्कोभाले ७१ औं मिस वर्ल्डको ताज जितेकी हुन्। २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्।

क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

अब २०२५ मा ७२ औं मिस वर्ल्ड प्रतियोगिता हुनेछ।

तपाईको प्रतिक्रिया