Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो । उनलाई हिजो सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याइएकोमा आज अदालतबाट थप अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

खतिवडाले आफूविरुद्ध कुटपिट गरेको भन्दै वाइबाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी गरेपछि फरार भएकी उनलाई बुधवार सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो। उजुरी परेपछि उनी भागेर सिन्धुपाल्चोक पुगेको सूचना पाएको प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको थियो। उनीविरुद्ध ब्ल्याकमेलिङ तथा कुटपिट गरेको आरोप लगाइएको छ।

 

तपाईको प्रतिक्रिया