Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहली दोस्रो पटक बुवा बनेका छन्। उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्। उनीहरूकी पहिलो सन्तानको रुपमा छोरी वामिका छन्। अनुष्काले जनवरी २०२१ मा छोरी वामिकालाई जन्म दिएका थिइन्। दम्पतीले छोराको नाम अकाय राखेका छन् । अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ।

उनको नोटमा लेखिएको थियो, ‘प्रचुर खुशी र हाम्रो मायाले भरिएको हृदयका साथ, हामी सबैलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि फेब्रुअरी १५ मा हामीले हाम्रो बच्चा अकाय र वामिकाको सानो भाइलाई यस संसारमा स्वागत गर्‍यौ। हामी हाम्रो जीवनको यो सुन्दर समयमा तपाईंको आशीर्वाद र शुभकामना चाहन्छौं। हामी तपाईंलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। प्रेम र कृतज्ञता, विराट र अनुष्का।’

बलिउडका हस्तीहरू रणवीर सिंह, वाणी कपूर र अन्य धेरै सेलिब्रेटीहरूले पोस्टको कमेन्ट सेक्सनमा बधाई दिएका छन्। विराट र अनुष्काले धेरै वर्ष एक अर्कालाई डेट गरेपछि २०१७ मा विवाह गरेका हुन ।

तपाईको प्रतिक्रिया