Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ । व्यावसायिक मन्दीका कारण आगामी फागुन १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नुपरेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।

निर्देशक पौडेलले विज्ञप्ति जारी भनेका छन्, ‘कोरोनाको संक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

उनले विज्ञप्तिमा आजसम्म पाएको सहयोग, सद्भाव तथा आत्मीयताका लागि पनि सबैप्रति आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया