Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन्। आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी सोमबार आफ्नो गृहनगर झापा आएकी हुन्। गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी यतिबेला झापाको मेची पुलमा आइपुगेकी छन्।

उनलाई त्यहाँ प्रदेशसभा सदस्य छवि चुडालले स्वागत गरे। पाैडेललाई स्वागत गर्न सो ठाउँमा संगीतकर्मी तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ ।रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत विद्यालयले आज उनलाई अभिनन्दन एवम् सम्मान गर्न लागेकाे हाे।

पाैडेल विसं २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी थिइन्। उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया