Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – अभिनेता दयाहाङ राईले कामको अत्याधिक चापले गर्दा एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन्। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पुराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६-१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् । माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनेछन् । अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् ।

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।

तपाईको प्रतिक्रिया