Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ६ वर्ष अगाडि रिलिज भएको ‘कुटुमा कुटु’ गीतले युट्युबमा २० करोड भ्यूज प्राप्त गरेको छ। शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । कुनै पनि नेपाली गीत २० करोड क्लबमा प्रवेश गरेको यो पहिलो पटक हो। चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि शहरसम्म लोकप्रिय छ। यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै गीतका रचनाकार तथा सङ्गीतकार राजनराज शिवाकोटीले खुसी बाँड्दै गीत बन्दाको कथा र शब्द लेखिएको पानाको फोटो शेयर गरेका छन् । गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन्। गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन्।

तपाईको प्रतिक्रिया