Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – नायक अनमोल केसी पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो। एकजना फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनमोललाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरिएको पुष्टि उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी दीपक थापाले गरेका छन्।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो। पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो। उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो।

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो।

 

तपाईको प्रतिक्रिया