Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानले नेपालको राष्ट्रिय अखण्डता र एकतामा आँच पुग्नेगरी “२२ जिल्ला नेपालबाट अलग हुन सक्ने ” भनि रक्षामन्त्री शरदसिंह भण्डारीद्वारा गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ ।

एनडिएफ अध्यक्ष सिर्जना काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “मधेश नेपालको आथाह सम्भावना बोकेको, पहिचान, कला र सँस्कृतिको आधार नेपाली पुण्यभूमि हो जसले समग्र नेपालको बिकास र प्रगतिमा अग्रणी भूमिका खेल्न सक्ने कुरामा दुईमत हुन सक्दैन l राष्ट्र र राष्ट्रियतालाई बिखण्डन गर्ने आशयका साथ गरिएको भनाई राष्ट्रघात र गैरजिम्मेवार अभिब्यक्ती हो भन्ने हाम्रो ठहर छ l यसले हामी बिदेशी भूमिमा भएका नेपालीहरुको राष्ट्रियताप्रतिको भावनामा अत्यन्त ठूलो आघात परेको समेत जानकारी गराउन चाहन्छौ l एनडिएफ जापान राष्ट्रबिरोधी अभिब्यक्ती दिने मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गर्दछ । आफुलाई राष्ट्रवादी नेताकोरुपमा सँधै परिचय गराउन खोज्ने प्रधानमन्त्री बाबुराम भट्टराईज्यूबाट मन्त्रीको उक्त गैरजिम्मेवार अभिब्यक्तीको बिरोधमा २४ घण्टा बितिसक्दा समेत कुनै कार्वाही नहुँदा हामीलाई अचम्म लागेको छ। मुलुकको रक्षामन्त्री जस्तो जिम्मेवार पदमा रहेर राष्ट्रिय एकतामा खलल पुराउने मन्त्रिलाई तत्काल सम्मानीय प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत पदबाट निस्कासनको माग गर्दछौ l”

त्यसैगरी भुमिसुधार तथा व्यवस्था मन्त्रि प्रभू शाहलाई बिरगन्जमा हिन्दू युबा संघका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेको र उनका स्वकीय सचिब सिताराम कुशवाहको उक्त हत्यकाण्डमा प्रत्यक्ष्य संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएकोप्रति उक्त ब्यक्तिलाई राज्यको मन्त्री पदमा बसिरहनु कानुनी राज्यको उपहास भएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको कुरा समेत एनडिएफ जापानद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया