Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दुबाई – सुनौलो समाज नेपाल दुबईले हरेक वर्ष यस बर्ष पनि विजयादशमी कार्यक्रम भब्यताका साथ मनाएको छ । विजया दशमीको दिन सम्पन्न कार्यकममा नेपाली लगायत श्रीलंकन, केन्या, पाकिस्तानी, इन्डियन हिन्दु तथा मुस्लिमहरु पनि सहभागि ता रहेको थियो कार्यकममा अन्य देशका सहभागी मनिसहरुले नेपाली कला, संस्कृतिकको प्रसंशा गरेका थिए । कार्यक्रमको स्वागत नेपाली राष्ट्रियधुन र विजयादशमीको धुनले गरिएको थियो । कार्यकम संचालन गर्दै सुनौलो समाज नेपालका सचिब सरोज अर्याल हरेक साल यस्ता किसिमका कार्यक्रम सुनौलो समाज नेपालले गर्दै जाने बताउनुभयो । जेष्ठ नागरिक सशिधर दाहाल तथा नरेन्द्र अर्यालको हातबाट अन्य उपस्थिति सबैले टिका तथा आर्शिबाद ग्रहण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि श्रीलंकन नागरिक तथा हाईपर पाण्डा दुबई फेस्टिवल सिटीका सेक्शन मेनेजर पेरुमल रमणीथनले हामी हिन्दुहरु जहाँ र जुन देशको भए पनि सामूहिकरुपमा यस्ता किसिमका कार्यक्रम गर्न पाउनु आफैमा गर्भ को कुरा हो भन्दै आगामी दिनमा यस्ता किसिमका कार्यकम गर्दै जान सुझाब दिनु भएको थियो । कार्यक्रम विदेशमा भए पनि रातो टिका र जमरा लगाउदै खसीको मासु, अचार, तरकारी सलादको स्वाद लिदै सामुहिकरुपमा कार्यक्रम गर्दा आफु विदेश भए पनि कुनै किसिमको खल्लो महसुस नभएको कुरा कार्यकम सहभागी अन्जु सुनारले बताउनु भयो।

कार्यकममा निमा लामाको प्रहर्सन तथा नाचले कार्यकमको रौनक थपिएको थियो । त्यस्तै कार्यकमको अर्को आकर्षण भनेको क्यारमबोर्ड प्रतियोगिता थियो प्रतियोगिताका बिजयीहरुलाई सुनौलो समाज नेपाल दुबईका अध्यक्ष तथा कार्यकमका सभापति देवेन्द्रनेपालले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगीतामा संजीब भुजेल, सुधिर सुबेदी र सुसिल चौहान क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गर्नु भएको थियो भने मनोज पुनले चौथो स्थान हासिल गर्नुभएको थियो ।

कार्यकमको अन्त्यमा बोल्दै कार्यकमका सभापति देवेन्द्र नेपालले हामी विदेशमा भए पनि यस्ता किसिमका कार्यकम सामुहिकरुपमा गर्न पाउनु आफैमा गर्भको कुरा हो भन्दै आफ्नो रितिरिवाज, संस्कार परम्परालाई जोगाउनु हामी सबैको कर्तब्य हो भन्दै यस्ता किसिमका कार्यकम आगामी दिनमा पनि गरिदै जाने बताउनुभयो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया