Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

सउल -नेपाल परम्परागत बौद्ध धर्म संघ दक्षिण कोरियाका सदस्यहरुको पहलमा नेपालको तिन स्कुलका लागि करिब रु. २ लाख मूल्य पर्ने ८० वटा नयाँ रिबोक स्कूल ब्याग सहयोग गरेका छन् ।

यस संस्थाका कोषाध्यक्ष निर्मल महर्जन, सदस्य अरुण श्रेष्ठ (EPS Chingu), सदस्य संजुमान महर्जन तथा सदस्य सुश्री सन्ध्या बुद्धाचार्यको पहलमा कोरियन जिन्गाक बौद्ध सम्प्रदाय अन्तर्गत समाज कल्याण सेन्टरबाट प्राप्त सो ब्यागहरुलाई आफ्नो निजि खर्चमा नेपाल पठाएका थिए । सो ब्यागलाई आर्थिकरुपमा बिपन्न परिवारका बच्चाहरु पढ्ने सरकारी स्कूल पाटन हाई स्कूल, माउन्ट युरल तिचिंग आकडेमी जोरपाटी, श्री गोरखनाथ निम्न माध्यमिक बिद्यालय काभ्रेमा यसै संस्थाका पूर्वसचि कृष्ण मुश्यानको सक्रियतामा २०१२ अक्टुबर २ तारिखमा वितरण गरिएको थियो ।
“बुद्धो भवेयं जगतो हिताय” को सिद्धान्त लिएर २०५८ सालमा नेपालको पाटनमा स्थापित संस्था नेपाल परम्परागत बौद्ध धर्म संघको शाखाकोरुपमा गत २०१२ अप्रिल, बुद्ध जयन्तिमा कोरियामा स्थापना भएको यस संस्थाले जिन्गाक बुद्धिष्ट गुम्बामा महिनाको पहिलो हप्ताको पहिलो आईतबार, कोरियाको निरन्तर कामले दिने थकानलाई शान्त पार्नको लागि नेपाल परम्परागत बौद्ध धर्मानुसार ध्यान र दुःखी गरिब र असहायको लागि दान कार्यलाई निरन्तरता दिंदै आएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया