Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

कोरियामा – दक्षिण कोरियामा धौलागिरी सांगीतिक सौगात भाग दुई भब्यताका साथ सम्पन्न भएको छ ।

दक्षिण कोरियाको महान चाड छुसकको अवसर पारेर धौलागीरी अञ्चलका अति दुर्गम क्षेत्रका बालबालिकाहरुको शिक्षा तथा कोरियामा आपतकालिन राहतकोष स्थापना मुख्य उद्देश्य रहेको बाग्लुङ सम्पर्क समिती कोरियाद्वारा आयोजित धौलागीरी साङ्गीतिक सौगात भाग – २ भब्यताका साथ सम्पन्न भएको हो।

यहि सेप्टम्बर ३० तारिख छुसकको दोस्रो दिन आयोजित उक्त कार्यक्रम नेपालबाट आमन्त्रित अत्यन्तै चर्चित कलाकारहरु हास्यकलाकार विल्सन बिक्रम राई (तक्मे बुढो), चर्चित लोकदोहरी गायक-गायीका श्रीकृष्णबम मल्ल तथा ज्योती मगर, चर्चित आधुनिक तथा पप गायक प्रमोद खरेल, चर्चित नृत्याङ्गना सम्झना बुढाथोकी लगायतले दर्शकलाई हांसो र सांगीतिक मायाको रौनकले झण्डै १५० आयोजक स्वयंमसेबकहरुलाई मास र हल व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। कोरियाका बिशिष्ट व्यक्तित्वहरु, नेपाली राजदूतावास लगायत विभिन्न सक्रिय संघ संस्थाका प्रतिनिधी, व्यापारी व्यवसायी, विद्यार्थी, विभिन्न पेशामा कोरिया आएका नेपाली समुदाय, पत्रकार, बुद्धीजीबी बर्ग तथा शुभचिन्तक लगायत झण्डै १६०० जनाको हाराहारिमा नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो ।

यिनै सक्रिय विभिन्न संघसंस्था लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहयोग र समर्थनबाट कार्यक्रम सफल भएको भन्दै समितीका अध्यक्ष पूर्ण काउचा मगरले उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिनुभएको थियो।उक्त कार्यक्रमको सफलताको बधाई तथा शुभकामना दिंदै दर्शक तथा विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत शुभचिनतकहरुले कोरियामा नेपाली दर्शकको यति बाक्लो र हर्षोल्लित उपस्थिति सम्भवत पहिलो र स्मरणिय भएको प्रतिक्रिया दिएका थिए भने आयोजकले तपाईहरुको सहयोग नै हाम्रो सफलता हो भनी खुसी ब्यक्त गरेका थिए ।

अध्यक्ष पूर्ण काउचा मगरको सभापतित्वमा भएको कार्यक्रममा उपाध्क्ष ताराबहादुर केसीले आमन्त्रित पाहुना र दर्शकहरुलाई स्वागत गर्नुभएको थियो भने समितिका सचिव यम श्रीष मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया