Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

ब्रुनाई –  गैर आवासिय नेपाली संघ(एनआरएन), ब्रुनाई राष्ट्रिय समन्वय परिषदको बैठक एनआरएन स्थापनाको दिवसको अवसरमा विभिन्न निर्णय गर्दै सम्पन्न भयो ।

ब्रुनाई भित्र विभिन्न ठाँउमा छुट्टाछुटै कार्यरत नेपालीहरु संग भेटघाट गर्न यहि २८ अक्टोबर का दिन गोर्खा रेष्टुरेष्ट सेरियामा परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरयो । हस्पिटल, युनिभर्सिटी र कम्पनीहरुमा कार्यरत नेपालीहरुलाई प्राथमिकताका साथ निमन्त्रणा गरि भेटघाट तथा दशैं, तिहार र उद्यौली चाडको शुभकामना आदानप्रदान गरिने भएको छ ।

संघको बैठकले चाडै केही कल्याणकारी कार्य गर्ने र त्यसको निम्ति विभिन्न माध्ययमहरुबाट आर्थिक संकलन गर्ने बारे पनि लामो चर्चा भएको थियो । च्यारिटीको लागि सरसामानहरु बेच्ने, देउसी खेल्ने, सांगेतिक कार्यक्रम गर्ने आदी योजनाहरु तय भयो ।

एनआरएन केन्द्रसंघ सम्पर्क गरि सामुहिक लगानी विषयक छलफल कार्यक्रम गर्ने समेत निर्णय भयो साथै ब्रुनाईमा रहेर स्वदेशमा कल्याणकारी काम गर्दै आएका ब्यक्तित्वहरुलाई पनि निकट भविश्यमा सम्मान गर्ने निर्णय भयो ।

अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा बसेको बैठकले संस्कृतिविद गोपीलाल लिम्बुलाई सर्वसम्मतबाट सदस्यमा मनोनित गरयो । सचिव जीबन विश्वकर्माले ब्रुनाई भित्र कुनकुन ठाँउमा कति नेपालीहरु रहेका छन त्यसको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । कस्तो कल्याणकारी काम गर्ने सम्बन्धमा सदस्य किसन राई र सम्पर्क सचिव कोमल शाहलाई जिम्मेवारी तोक्यो ।

 

बैठक भर्खरै नेपालीले खोलेको पहिलो गोर्खा रेष्टुरेष्ट सेरियामा सम्पन्न भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया