Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशी १०३ वर्ष टेके । लामो समय बाँचेर पनि सक्रिय जीवन बिताएका जोशीको दिनचर्यामा अझै खासै परिवर्तन भएको छैन ।

विगतमा उनी धेरै कार्यक्रममा जान्थे तर पछिल्लो समय हिँडडुल भने अलिक कम भएको छ । स्मरण शक्तिमा खासै फरक परेको छैन । तर, अब आँखा अलिक कमजोर भएका छन् । सुन्ने शक्ति र खाना रुचीमा पनि समान्य कमी आएको छ । तर पनि उनले भेट्न र गफिन आउनेसँग उनी खुलेर कुरा गर्छन् । उनको कुरा सुन्दा उनमा खासै बुढ्यौलीले छोएको कुनै छनक पाइँदैन ।

शताब्दी पुरुषको बुढेसकालमा पनि यतिको ऊर्जा कसरी आयो त ? सत्यमोहन जोशीका अनुसार चिन्तामुक्त हुनु नै दीर्घायुको रहस्य हो । उनी भन्छन्, ‘मेरो घरमा जुरेली आउँछन् नाच्छन्, गाउँछन् जान्छन् । फेरि अर्को दिन आउँछन्, नाचेर जान्छन् । उनीहरुलाई भोलिको चिन्ता छैन त्यसैले सन्तोष लिनुपर्छ । अर्को कुरा आजका लागि आजै सोच्ने भोलिको लागि भोलि नै सोच्नुपर्छ ।’

उनी आफ्नो खानपान सामान्य भएको बताउँछन् । उनी भन्छन् ‘सन्तोष नै ठूलो कुरा हो । सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’ दैनिक बिहानभर पत्रपत्रिका पढ्ने उनले अहिले अखबार पनि धेरै पढ्न छोडेका छन् । यसो ‘हेडलाइन’ हेर्ने र कुनै महत्वपूर्ण विषय भए मात्रै पूरै पढ्ने गर्छन् ।

तपाईको प्रतिक्रिया