Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026
                                                                                                                                                                 फाइल फोटो

टाेकियाे – जापानमा पछिल्लो समय जनसंख्या घटिरहेको छ । जन्मदर घट्दा वृद्ध जनसंख्या तीव्र दरमा बढिरहेको छ भने काम गर्ने उमेर समूह खुम्चदै गइरहेको छ । यसका कारण विविध समस्या निम्तिएका छन् ।

यीनै समस्या मध्ये एक हो देशभर रित्ता घरहरु । अर्थात् आकियाको संख्यामा बढोत्तरी । यो समस्या जापानमा देशभर रहेको छ । तर यो समस्या समाधान गर्न करको सहारा लिने चाँहि क्योटो देशकै पहिलो शहर बन्दैछ । क्योटो शहरले घरहरु रित्ता पारेर बेवारिसे अवस्थामा राख्ने घर मालिकहरुलाई कर तिराउने भएको छ ।

नगरमा पछिल्लो समय जनसंख्या दैनिक करीब १ हजार ५०० का दरले घटिरहेको छ । मालिकको मृत्यु वा नयाँ उत्तराधिकारीहरु घरमा नबस्ने आदि कारणले देशभर रित्ता र बेवारिसे घरहरु बढेका छन् । आगामी २ दशकमा यहाँका रित्ता घरहरुको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ ।

यो समस्या समाधान गर्न लामो समयसम्म घर वेवारिसे अवस्थामा छाड्ने घर मालिकहरुलाई क्योटोले दण्डित गर्न खोजेको छ । यो कर योजना सफल भयो भने जापानका अन्य स्थानीय सरकारहरुले पनि यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।

बेवारिसे घरहरु बिग्रिएर बस्नै नहुने अवस्थामा पुग्ने समस्या कम गर्न क्योटोले नयाँ कर योजना ल्याएको हो । शुरुमा यो कर नीतिमा नगर सरकारले भाडामा लगाउन सकिने वा पुनःनिर्माण गरेर बेच्न सकिने करीब १५ हजार रित्ता घरहरुलाई लक्षित गर्नेछ । तर नयाँ कर नियम कार्यान्वयनमा ल्याउन नगर सरकारले यही महीनाभित्र आन्तरिक मामिला मन्त्रालय र नगर परिषद्बाट पनि अनुमति लिनु पर्नेछ ।

सन् २०१८ मा जापानमा रित्ता घरको संख्या करीब ८५ लाख भएको आन्तरिक मामिला मन्त्रालयले हालै गरेको एक सर्वेक्षणले देखाएको छ । पछिल्लो ३ वर्षमा थपिएका रित्ता घरको संख्या जोड्ने हो भने त्यो १ करोड पुग्न सक्ने देखिन्छ ।

जापानमा भएका कुल घरमा रित्ता घरको यो अनुपात १४ प्रतिशत हो । अवस्था अति नै खराब भयो भने सन् २०३८ सम्ममा रित्ता घरको संख्या २ करोड २० लाख पुग्ने नोमुरा रिसर्च इन्ष्टिच्यूटको प्रक्षेपण छ । यो कुल जापानी घरको ३१ प्रतिशत हुन आउनेछ । गत वर्ष जापानको जनसंख्या ६ लाख ३० हजारले घटेको थियो ।

तपाईको प्रतिक्रिया