Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

कोरिया – नेवाः पुचः दक्षिण कोरियाद्वारा मिति २०१२ सेप्टेम्बर ३० तारिखमा कोरियाको ठूलो चाड छुसकको अबसरमा गरिएको नेवाः भोज २०१२ भव्यताका साथ सम्पन्न भयो ।

करिब ७० जनाको उपस्थितिमा सम्पन्न भएको सो भोज कार्यक्रम नेवारी ड्रेस पहिरेका तिन महिला सदस्यद्वारा उदघाटन गरेर सुरु भएको थियो र सोहि कार्यक्रममा गुरुज्यु नबिन बज्राचार्य तथा यस संस्थाका संस्थापक अध्यक्ष मणिराज जोशीले संयुक्तरुपमा नेवाः पुचः को आपतकालिन राहत कोष तथा नेपाल सम्बत ११३३ उपलक्ष्यमा ख्यातिप्राप्त गायक दीपक बज्राचार्य लाईभ इन कन्सर्टको टिकट एक एक प्रति आदानप्रदान गरेर शुभारम्भ गरेका थिए ।

मिठा मिठा नेवाः परिकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले भरिएको सो मनोरन्जनात्मक कार्यक्रममा नेवाः ड्रेस लगाएका सदस्यहरुले प्रबासी भूमिमा नेवारी संस्कृतिको संरक्षण गर्नको निमित्त प्रयत्नशिल रहेको पाईयो । साथै सो संस्थाले ख्यातिप्राप्त गायक दिपक बज्राचार्यले आफ्ना मिठा मिठा गीतहरु लिएर छिट्टै कोरिया आउनुहुने भएको र सो कार्यक्रमका सिटहरु सीमित भएकाले सम्पूर्ण कोरियावासी नेपालीहरुलाई चांडो भन्दा चांडो सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न अनुरोध पनि गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया