Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – एप्पलले केही वर्षदेखि भारतमा आईफोन उत्पादन गरिरहेको छ । अब कम्पनीले सन् २०२२ को फेब्रुअरीदेखि भारतको चेन्नईमा रहेको प्लान्ट (कारखाना) मा आईफोन १३ पनि उत्पादन गर्ने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

द इकोनोमिक टाइम्सको एक रिपोर्टअनुसार एप्पलले एकैपटक ठूलो संख्यामा आईफोन १३ उत्पादन गर्न लागेको हो । यसका लागि कम्पनीले आवश्यक सेमिकन्डक्टर चिपको आपूर्ति सुरक्षित गरिसकेको जनाइएको छ । एप्पलले चेन्नईस्थित फक्सकनको प्लान्टमा आईफोन १३ को परीक्षण उत्पादन सुरु गरिसकेको छ ।

यो प्लान्टमा आईफोन ११ र आईफोन १२ पनि उत्पादन हुने गर्छ । फक्सकन प्लान्टका अतिरिक्त एप्पलले बेंगलुरुको विस्ट्रोन फेसिलिटीमा आईफोन एसई उत्पादन गरिरहेको छ । हाल भारतमा बिक्री हुने आईफोनमध्ये ७० प्रतिशतभन्दा बढी फोन स्थानीय प्लान्टमै उत्पादन भइरहेको छ ।

आईफोन १३ पनि भारतीय प्लान्टमै उत्पादन हुने भएपछि स्थानीय बजारमा यसकाे मूल्य घट्ने अनुमान गरिएको छ । साथै विदेशमा आपूर्ति बढाउन पनि यसले सहयोग पुर्‍याउने बताइएको छ । हाल भारतमा उत्पादित २० देखि ३० प्रतिशत आईफोन विश्वव्यापी बजारमा निर्यात गरिन्छ ।

तपाईको प्रतिक्रिया