फुकुओका । जापानको फुकुओकामा तीजको दरखाने तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाइटी फुकुओका जापानको आयोजनामा शुक्रवार च्युओ सिमिन सेन्टर आकासाकामा भएको कार्यक्रममा जापानमा रहेका उल्लेख दिदी बहिनीहरुको सहभागीता रहेको थियो । संस्थाका उपाध्यक्ष योगेश कार्कीले कार्यक्रमको सुरु गरी नेपालवाट आएकी उद्घोषिका मञ्जु पौडेललाई हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भरत गौतमको सभापतित्वमा भएको थियो ।

कार्यक्रम संयोजक सिता आचार्यको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । जापानको फुकुओकामा पहिलो पटक एक ठाउँमा यति धेरै नेपालीहरुको सहभागीता रहेको र कार्यक्रम हालसम्मकै उत्कृष्ट रहेको आयोजकको दाबी छ । कार्यक्रममा लागि नेपालका चर्चित कलाकार लोक दोहोरी गायिकाहरु मन्जु पौडेल तथा राधिका हमाल र गायक पशुपति शर्मा बिच तीजेभाकामा दोहोरी, रोयला र अन्य तीजजन्य लोकसुसेलीहरु कार्यक्रमको आकर्षणका रुपमा थियो ।

मन्जु पौडेलले निकै मनोरन्जनात्मक रुपमा सञ्चालन गरेको कार्यक्रममा नेपालवाट आमन्त्रित गायक पशुपति शर्मा र राधिका हमाल, साथै स्थानीय कलाकार पुर्शोतम सिग्देलले उपस्थित नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई तीजभाकामा कम्मर मर्काएर नाच्न बाध्य परेका थिए । जापानमा रहनुभएका नेपाली दिदिबहिनीहरुलाई एकैथलोमा भेला गराएर चाडबाडमा परिवारसंगसंगै हुन नपाएपनि बिदेशमा रहेका सबै एक परिवार भएर मनोरञ्जनको साथमा आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्दै शुभकामना आदानप्रदान गर्ने र जापानमा नेपाली नारी एकताको सन्देश दिन सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भरतराज गौतमले वताउनुभयो । कार्यक्रम साँझ साढे ५ बजेवाट राती १० बजेसम्म चलेको थियो । कार्यक्रममा दुईसय भन्दा वढि नेपालीहरुको सहभागिता रहेको थियो ।कार्यक्रम मा नेपालका लागि महाबाणिज्यदूत दुत सिनोकुमा मित्सुहिकोले आफ्नो कार्य व्यस्तता कारण उपस्थित हुन नसके पनि कार्यक्रम को सफलताको कामना गर्दै शुभकामना संदेश पठाउनु भयकोथियो | अन्तमा संस्थाका अध्यक्ष भरत गौतम ले सबै लाई धन्यवाद दीनुहुदै कार्यक्रम को समापन गर्नु भयको थियो |











तस्बिरः दिपक देवकोटा








