Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं —हुम्लामा जिल्ला मालपोत कार्यालयले डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्न थालेको छ। पेपरलेस कार्यालय बनाउने लक्ष्यसाथ सेवा प्रविधिबाट काम गर्न विस्तार गरिएपछि सेवाग्राहीलाई अनलाइनबाटै सेवा दिन थालिएको हो।

जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी वसन्ती शाहीले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट गर्न पाएको बताइन्। उनले काम पनि छिटो र सेवाग्राहीले ढिलोसम्म कुर्नु नपर्ने सुविधा यो प्रविधिबाट काम गर्दा फाइदा भएको जानकारी दिइन्।

पहिलो पटक अनलाइनबाट कार्यालयका सेवा प्रवाह गर्न पाएको बताउँदै कार्यालय प्रमुख रवीन्द्र शाहीले यसबाट कार्यालय र सेवाग्राहीलाई सहज भएको बताए। अनलाइन सेवा सुरु भएपछि सबै काम कम्प्युटरबाटै हुन थालेपछि कार्यालय पेपरलेस अवस्थामा पुग्न लागेको छ।

सेवा छिटो–छरितो र पारदर्शी हुन थालेपछि कर्मचारीमाथि लाग्ने आरोपबाट पनि मुक्ति मिलेको कर्मचारीले बताएका छन्। अनलाइनबाट पहिलो सेवाग्राहीलाई सेवा प्रदान गर्दै उनले इन्टरनेट र विद्युत्को समस्या नआए काम गर्न कुनै कठिनाइ नहुने बताए।

भूआयोजना अभिलेख प्रणालीबाट काम गर्न पाएपछि पुराना लिखत खोज्नुपर्ने झन्झटबाट पनि मुक्ति मिलेको कर्मचारीको भनाइ छ। कार्यालयमा कर्मचारी अभाव भएको र त्यसको समाधानका लागि दक्ष कर्मचारी आवश्यक परेको उनले बताए।

तपाईको प्रतिक्रिया