Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया